निर्माण सम्झौता भएको डेढ वर्षपछि भवन शिलान्यास

निर्माण सम्झौता भएको डेढ वर्षपछि भवन शिलान्यास

धनगढी : धनगढी उपमहानगरपालिकाको भवन शिलान्यास गरेको छ। सोमबार नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख शुशीला मीश्र भट्टले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन्।

निर्माण सम्झौता भएको डेढ वर्ष पछि भवनको शिलान्यास गरेको हो। २०७४ असारमा निर्माण सम्झौता भएको थियो । कुमारी श्रेष्ठ-जिविले निर्माणको जिम्मा पाएको छ। तत्कालिन शान्ति तथा पुन निर्माण मन्त्रालय अन्तरगत बजेटको जिल्ला प्राविधिक कार्यालयले सूचना जारी टेण्डर आह्वान गरेको थियो।

साविकका कार्यालय नरहेपछि अर्थमन्त्रालयको विशेष अनुदान अन्र्तगत बजेट निकासा भएर निर्माण कार्य अगाडि सारेको उपमहानगरका इन्जिनीयर दिजराज भट्टले जानकारी दिए। 'निर्माणका लागि पहिलो चरणमा २ करोड १४ लाख रुपैयाँ निकासा भएको छ', उनले भने। भवन साविकको कार्यालयको छेउमा निर्माण हुने लागेको हो।

उपमहानगरको कार्यालय साविकको धनगढी नगरपालिका कार्यालयमा सञ्चालनमा छ। साविकको नगरपालिकामा कामकाज गर्दा भवन साँघुरो भएको छ। शिलान्यस भएको भवन बनेमा कामकाजमा सहज हुने कार्यालयले अपेक्षा गरेको छ।

 ३ सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने ५ तले भवनको लागत ६ करोड ५७ लाख सुरुको बजेट रहेको छ। ढाई वर्ष भवनको निर्माण अवधि रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.