सीमामा अवैध मदिरा फस्टाउँदै

सीमामा अवैध मदिरा फस्टाउँदै

विराटनगर : विराटनगर सीमावर्ती क्षेत्रमा मदिरा व्यवसाय फस्टाउँदै छ। महानगरपालिकाको १३, १४, १५, १६, १७, १८ नम्बर वडा र मोरङको जाहदा गाउँपालिका १ र २ नम्बर वडाको भारतीय सीमामै टाँसिएको बजारमा खुलमखुला मदिरा बिक्री हुछ।

जथाभावी खुलेका मदिरा पसलका कारण विकृति बढेको स्थानीय दिनेश साहलाई नै थाहा छ। भन्छन्, ‘सीमा क्षेत्रका मदिरा पसल खासगरी भारतीयलाई तान्नकै लागि खुलेका हुन्।’ नेपाल–भारतका सुरक्षा अधिकारीबीच केही महिनाअघि सीमाभन्दा पाँच सय मिटरभित्र मदिरा बेच्न राक लगाउने निर्णय भए पनि कार्यान्वयन भने नभएको साहले बताए।

भारत विहार सरकारले मदिरा कारोबार र सेवनमा रोक लगाएपछि नेपालका सीमावर्ती गाउँमा मदिरा व्यापार फस्टाउँदै छ। सीमाक्षेत्र दर्बेसा, मटेरवासँगै इस्लामपुर, दरैयालगायत भारतीय सीमासँग टाँसिएका नेपाली भूमिमा अनियन्त्रित मदिरा कारोबारले आपराधिक क्रियाकलाप बढेको स्थानीयको गुनासो छ। विराटनगरबाट–जोगवनी र्मागबाट भारतीय बजार जोड्ने सडकखण्डमा दुई वटा ‘गीत गजल’ समेत सञ्चालनमा छ। सो सडकको सीमावर्ती क्षेत्रमा डेढ वर्षअघिसम्म यस्ता कुनै टहरा सञ्चालनमा थिएनन्। विहार सरकारले मदिरा बिक्रीमा रोक लगाएपछि नेपालतिर भने ती टहरा छ्याप्छ्याप्ती खुलेका छन्।

विराटनगर महानगरमा जनप्रतिनिधि आएपछि मदिरा व्यवसाय अनुमतिमा कडाइ गरेको थियो। तर, पनि मदिरा पसल खुल्ने क्रम भने रोकिएको छैन। भारतीय बजारहरूमा कडाइ भएपछि सुनसरी सीमावर्ती क्षेत्रमा मदिरा व्यापार फस्टाएको हो। प्रहरीकै अगाडि बिहानैदेखि जाँड रक्सी खाने नेपाली र भारतीयको ती पसलहरूमा भीड लाग्छ।

इलाका प्रहरी कार्यालय रानीका अनुसार सीमामा करिब अनुमति लिएर सञ्चालित ४५ वटा मदिरा पसल छन्। दैनिक १ सयको हराहरीमा भारतीय चारचक्के गाडी नेपाल पस्छन्। र, खुलेका ती ‘गीत गजल’मा मदिरा सेवन गरी गाडी चलाई फर्कने गरेका स्वयं प्रहरी नै बताउँछ।

नेपाल र भारतबीचको खुला सीमामा सुरक्षा सतर्कता र अवैध कारोबार रोक्न दुवै देशका सुरक्षा अधिकारीबीच पटकपटक सहमति भए पनि सहमति लागू भएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.