हात्तीको वनभोज

हात्तीको वनभोज

सौराहा : पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए। राप्ती नदीमा नुहाइधुवाइपछि करिब १ सय हात्तीले वनभोज गरे। दर्शक भने यो दृश्य हेरेर रमाइरहेका थिए। कतिपय सेल्फी लिन व्यस्त थिए।

हखुला चउरमा हात्तीका खानेकुरा टेबलमा राखिएका थिए। अगाडि हात्तीको लस्कर थियो। उखु, भेली, कुची, फर्सी, गाँजर, सुन्तला, केरा, बन्दा, हरियो घाँस राखिएको थियो। एउटालाई २० देखि ३० किलोसम्म खानेकुरा दिइएको थियो।

चितवन राष्ट्रिय निकुञ्ज र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई बिदा दिने निर्णय गरेका थिए। ‘बिदासहित वनभोज खुवाएर हात्तीको स्याहार गर्न सन्देश दिन खोजिएको हो’, वनभोज कार्यक्रमका संयोजक प्रकाशचन्द्र भट्टराईले भने, ‘संरक्षणको पाटोमा हात्तीको पनि उपयोगिता भएकाले सम्मान गरेका हौं।’

सौराहामा १५ औं हात्ती महोत्सव जारी छ। रत्ननगरका मेयर नारायण वन र क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले हात्तीलाई खानेकुरा दिएर वनभोजको सुरुआत गरेका थिए। यस्तो कार्यक्रम तेस्र्रो पटक आयोजना गरिएको हो। क्षेत्रीय होटल संघका उपाध्यक्ष अञ्जनकुमार पाण्डेले भने, ‘ वनभोजले महोत्सवलाई सफल बनाएको छ।’

संघले महोत्सव आयोजना गरेको हो। बिहीबार मैत्रीपूर्ण हात्ती पोलो खेल सञ्चालन भयो। एनआरएनए हङकङले युनाइटेड हात्ती सञ्चालन सहकारीलाई एक गोलले पराजित ग¥यो। एनआरएनएका विनोद चौधरीले गोल गरेका थिए। हात्तीको फास्ट वाक, पोलो र छावाबीचको खेल हुने आयोजकले जनाएको छ। महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ।

हात्ती नुहाउने प्रतियोगितामा पूजाकली प्रथम भएको छ। राप्ती नदी किनारमा भएको प्रतियोगितामा गुलाबकली दोस्रो र वसन्तकली तेस्रो भए। प्रतियोगितामा सहकारीका हात्ती सहभागी थिए। हात्तीले पानी फालेको, सरसफाइ, नुहाउने तरिका हेरेर मूल्यांकन गरिएको थियो। माहुतेको इसारा पालन र पर्यटकलाई गर्ने व्यवहारका आधारमा निर्णय गरिएको सहकारीका अध्यक्ष ऋषि तिवारीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.