बूढासुब्बा गोल्डकप माघ अन्तिम साता, पुरस्कार राशि बढ्यो

बूढासुब्बा गोल्डकप माघ अन्तिम साता, पुरस्कार राशि बढ्यो

धरान : २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता माघ २६ देखि धरान रंगशालामा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष किशोर राईले प्रतियोगितामा आठ टोली सहभागी हुने जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, सहारा क्लब पोखरा, आयोजक धरान फुटबल क्लबसहित दुई विदेशी टोलीले सहभागिता जनाउने छन् । प्रतियोगितामा अल इन्डिया फुटबल क्लब भारत र धनमुन्दी क्लब बंगलादेश गरी दुई विदेशी टोलीले सहभागिता जनाउने अध्यक्ष राईले जानकारी दिए ।

फागुन ४ सम्म सञ्चालन हुने प्रतियागिताको पुरस्कार राशि वृद्धि गरिएको छ । गत वर्षका विजेताले ६ लाख र उपविजताले तीन लाख रुपैयाँ पाएकोमा यसपटक विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछन् । यसैगरी विधागत रूपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले १५ हजार पाउनेछन् ।

आयव्यय सार्वजनिक

आयोजक धरान फुटबल क्लबले २०औं संस्करणको आयव्यय सार्वजनिक गरेको छ । स्थानीयवासीले प्रतियोगिता पारदर्शी नगरेकोे आरोप लगाइरहेका बेला आयोजकले शुक्रबार पत्रकार सम्मेलनमा गत वर्षको आयव्यय सार्वजनिक गरेको हो । क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले गत अघिल्लो संस्करणमा ६२ लाख सात हजार पाँच सय रुपैयाँ संकलन भएको र ५५ लाख १९ हजार आठ सय खर्च भएको जानकारी दिए । उनले गत वर्षको प्रतियोगिताबाट ६ लाख ८७ हजार बचत भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.