२ अर्बमा कंक्रिट उद्योग

२ अर्बमा कंक्रिट उद्योग

बुटवल : दुई अर्ब लगानीमा पश्चिम नवलपरासीको रामग्राममा अत्याधुनिक कंक्रिट उद्योग सञ्चालनमा आएको छ। निर्माण सामग्री बनाउने यो उद्योग नेपालमै पहिलो हो। एसियन कंक्रिटो उद्योगले मासा नामक जर्मन प्लान्टबाट उत्पादन थालेको छ। यस उद्योगमा पेभर्क, ब्लक, इँटा, कर्बस्टोन, होलोब्लक उत्पादन हुनेछन्। भैरहवा–परासी सडकखण्ड रामग्राममा स्थापना भएको उद्योगमा मनिष रुंगटा, राजेश अग्रवाल, मनोज केडिया, अनिल जाटिया र गौरव अग्रवालको लगानी छ।

दुई अर्ब लगानीमा सुरु भएको यो उद्योग पूर्णक्षमतामा सञ्चालन हुँदा चार अर्ब लगानी पुग्ने उद्योगका निर्देशक अनिल जाटियाले बताए। ‘हामीले केही महिनादेखि उत्पादन थालेका छौं, फूल फेजमा उत्पादन हुन थालेपछि भारतमा समेत निर्यात गर्ने योजना छ।’ उद्योगबाट अहिले क्षमताको ३० प्रतिशत मात्रै उत्पादन भएको छ।

यो उद्योगमा ९० प्रतिशत कच्चापदार्थ नेपाली हो। ढुंगा गिटी र बालुवाको प्रयोगबाट बन्ने वस्तुले समृद्ध मुलुक निर्माणमा सहयोग गर्ने लगानीकर्ताले जनाएका छन्। सडक निर्माणमा प्रयोग हुने पेभर्स, स्ल्याव, ब्लक तथा बाटो किनारमा लाग्ने कर्बस्टोन हाल उद्योगबाट उत्पादन भइराखेका छन्। ‘हामीले तीन किलोमिटर सडक निर्माणमा लाग्ने वस्तु एकै दिनमा उत्पादन गर्न सक्छौं, उद्योग सञ्चालक समितिका अध्यक्ष मनिष रुंगटाले भने। नेपालमा ६ फुटेभन्दा साना सडकमा ढलान गर्नुपर्ने नियम छ। रुगंटाले भने, ‘ढलानको सट्टामा हाम्रो उत्पादन प्रयोग गर्दा समय र बजेट बचत हुन्छ।’ यी वस्तु २५ वर्षसम्म टिक्ने र एक सय ५० मेट्रिकटन प्रेसरले च्यापेर बनाउने भएकाले मजबुत हुने कम्पनीले जनाएको छ। यो उद्योगबाट एक दिनमा पाँच सय टन वस्तु उत्पादन गर्न सकिन्छ।

अत्याधुनिक प्रविधि

एसियन कंक्रिटमा प्रयोग भएको प्रविधि एसियामै सीमित भएको निर्देशक राजेश अग्रवालले बताए। भारतमा समेत चार÷पाँचवटा मात्रै उद्योग छन्। यहाँ जडान भएको प्रविधिले रोबर्टिक प्रणालीबाट काम गर्छ। यसको नियमन जर्मनबाटै भइराखेको अग्रवालले बताए। उद्योगमा जडित ३६ वटा क्यामेराबाट गुणस्तर मापन र उत्पादनको निगरानी हुने गरेको छ।

यहाँ जडित मेसिन रोबर्ट प्रणालीबाट सञ्चालित छन्। कच्चापदार्थ मेसिनमा राखिसकेपछि प्याकिङ गर्न मात्रै जनशक्ति आवश्यक पर्छ। बालुवा, सिमेन्टको घोललाई पहिलो च्याम्बरमा राखेपछि त्यहाँबाट ब्लक वा अन्य वस्तु उत्पादन प्रक्रिया सुरु हुन्छ। ब्लक निर्माण, भट्टिमा लैजाने, पाकीसकेपछि बाहिर निकाल्ने, खात लगाउने र ट्रकमा लोड गर्ने कामसमेत उपकरणबाटै हुन्छ।

भारत निर्यात योजना

९० प्रतिशत स्वदेशी कच्चापदार्थबाट उत्पादन भएकाले भारत निर्यात गर्ने योजना छ। उत्तर प्रदेश र विहार क्षेत्रमा भइरहेको निर्माणमा यसको प्रयोग हुने अपेक्षा उद्योगीले गरेका छन्। तर भारतीय भन्सार मूल्यांकनमा कंक्रिट वस्तु बढी भएकाले पठाउन असहज भएको अग्रवालले बताए। ‘भारतमा यस्ता वस्तुको मूल्यांकन प्रतिवर्गफिट ३५० भारतीय रुपैयाँ छ, हाम्रो उत्पादन लागत बढीमा ६५ रुपैयाँ भारु हुन आउँछ’, उनले भने, ‘हामी सस्तो मूल्यांकनमै भारत निर्यात गर्न सकियोस् भन्ने अपेक्षामा छौं।’ भारतले यस्ता वस्तुलाई मार्बलका रूपमा परिभाषित गर्ने गरेको छ।

उद्योगीले मूल्यांकनको विषयमा भारतलाई आग्रह गरिदिन सरकारसँग माग गरेका छन्। ‘व्यापार घाटा कम गर्नमा उद्योगले सघाउ पुर्‍याउँछ, सरकारले कूटनीतिमाफर्त मूल्यांकनमा फेलबदल गरोस् भन्ने अपेक्षा छ’, उनले भने। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले उत्पादित वस्तु प्रयोग गर्न सकिने संकेत दिएको समेत उनले बताए। यस्ता वस्तुको माग भारतको दिल्लीमा समेत उच्च रहेकाले निर्यात गर्न सकिने उद्योगीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.