सिन्धुलीको दुधौलीमा हात्ती आतंक, एक दर्जनभन्दा बढी घरमा क्षति

सिन्धुलीको दुधौलीमा हात्ती आतंक, एक दर्जनभन्दा बढी घरमा क्षति

सिन्धुली : सिन्धुलीको दुधौलीमा एक सातायता हात्तीले आतंक मच्चाएको छ। दुईवटा जंगली हात्तीले एक दर्जन बढी घर भत्काएर आतंक मच्चाएको हो। जंगली हात्ती गाउँगाउँमा छिरेर एक दर्जन घर र अन्नबालीमा क्षति पुर्‍याएको दुधौली नगरपालिका ३ का वडाअध्यक्ष साने धामीले जानकारी दिए। धामीकाअनुसार हात्तीले दुधौली नगरपालिका ३, ७ र ११ नम्बर वडामा क्षति पुर्‍याएको हो।

हात्तीले स्थानीय रामऔतार धामी, टेकबहादुर माझी, जुगेश्वर कन्ना थारु, विनोद कुमंर, मिना विक, वृहस्पती कुमंर, पुरुषोत्तम कोइराला, नारायण कार्की, नारायण गुरागाँईलगायतका घर भत्काइ दिएको छ।

'जंगली हात्ती रातको समयमा गाउँमा पसेर घर भत्काउने, भण्डारण गरेर राखिएको अन्नपात नष्ट गर्ने, मान्छेलाई झम्टने गर्दा स्थानीयमा त्रास फैलिएको छ, एक सातादेखि स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन्,' उनले भने। 

हात्ती आतंकबाट हालसम्म मानवीय क्षती नभएपनि भौतिक क्षति भने निक्‍कै ठूलो गरिसकेको वडाअध्यक्ष धामीको भनाई छ। हात्तीले घर भत्काईदिँदा पीडित चिसोमा बस्न बाध्य भएका छन्। दिनभर जंगल नजिकै बस्ने र राति हुनासाथ हात्ती गाउँ छिर्ने गरेका छन्।

हात्ती बस्तीमा पस्न थालेपछि स्थानीय रातभर जाग्रम बस्ने, पटका पड्काउने, आगो बाल्नेजस्ता काम गरेर हात्ती भगाउने गर्छन्। हात्ती आतंकले साँझ बिहान घरभित्र बाहिर गर्नुका साथै घाँस दाउराका लागि वनजंगल जान समेत त्रास भएको स्थानीय बताउँछन्।
 
चुरे जंगल रहेको कमलाखोंच क्षेत्रमा यस अघिदेखिनै लगातार जंगली हात्ती बस्तिमा छिरेर आतंकित गर्दै आएको सिन्धुली वन डिभिजन कार्यालयका प्रमुख भीमबहादुर कालीकोटेको भनाई छ। त्यस्ता हात्तीले जिल्लाको कमलामाई नगरपालिका १३ जिल्ला सदरमुकाममाढी बजार तथा माइस्थान, करकरे, रानीचुरी, रानीबास, निपानेलगायतका बस्तिमा लगातार क्षति गरिरहेका छन्। 

जिल्लामा हात्तीले वितण्ड मच्चाउन थालेपछि जिल्ला प्रशासन कार्यालय, सिन्धुली वन डिभिजन कार्यालयले अन्य संघसंस्थासँगको समन्वयमा हात्ती नियन्त्रणका लागि विभिन्न प्रयाससमेत गरिएको भएपनि नियन्त्रणमा आउन सकेको छैन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.