गृहमन्त्रीसँग भारतका अतिरिक्त सचिवको शिष्टाचार भेट

गृहमन्त्रीसँग भारतका अतिरिक्त सचिवको शिष्टाचार भेट
तस्बिर : गृहमन्त्रीको सचिवालय

काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबल बीचको सम्बन्ध र सहकार्य,लागुऔषध ओसार पसार तथा दुर्व्यसन नियन्त्रणलगायतका विषयमा छलफल भएको छ ।

त्यसका साथै कञ्चपुरको दोधारा चादँनीमा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण र सुरक्षा सम्बन्धी समझदारीका सम्बन्धमा समेत छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा गृहमन्त्री  लेखक र अतरिक्त सचिव महावरले दुई देशबीच आगामी दिनमा समेत सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् । मन्त्री लेखकले शान्ति सुरक्षाले विकास र समाजलाई प्रभाप पार्ने हुँदा उक्त विषयमा दुवै मुलुक गम्भीर हुनुपर्नेमा जोड दिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.