३४८ थान बञ्चरोसहित तीन भारतीय पक्राउ
राजविराज : तीन सय ४८ थान बञ्चरोसहित प्रहरीले आइतबार तीन भारतीयलाई पक्राउ गरेको छ।
सप्तरीको बोदे बर्साईन नगरपालिका ९ स्वर्णपट्टीको बाटो हुँदै अवैध रुपमा नेपालतर्फ ल्याइएका तीन सय ४८ थान बञ्चरो बरामद गरिएको डिएसपी भावेश रिमालले बताए।
प्रहरीले प्रति बञ्चरो चार सय मूल्यका दरले एक लाख ३९ हजार दुई सयको बञ्चरो रहेका जनाएको छ। बरामद गरिएको समानसहित भारतीय नागरिकहरूलाई प्रहरीले भन्सार कार्यालय कुनौली बेल्ही सप्तरीमा आइतबार नै बुझाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !