​मन्त्री पण्डितले समय नदिएपछि कर्मचारी र सरकार वार्ता स्थगित

​मन्त्री पण्डितले समय नदिएपछि कर्मचारी र सरकार वार्ता स्थगित

काठमाडौं : कर्मचारीको आधिकारिक ट्रेड युनियन र सरकारबीचको वार्ता स्थगित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समय नदिएपछि वार्ता स्थगित भएको हो। 

मन्त्री पण्डित अध्यादेश सांसदबाट पारित गराउन गएपछि  वार्तामा असर परेको हो। संसदले पनि समायोजन अध्यादेश पारित गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालय सहसचिव सुरेश अधिकारीले बुधबार वार्ता निष्कर्षमा पुग्ने जानकारी दिए। 

उनले कर्मचारीले उठाएका नीतिगतरुपमा विषयलाई संघीय निजामती ऐनमा समावेश गरिने सहमति भएको बताए। बुधबार मन्त्रीसहितको वार्ताले कर्मचारीको समस्या समाधान गर्ने उनको भनाइ छ। 

अधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले वार्ता सकारात्मक रहने पनि निष्कर्षमा भने  पुगि नसकेको बताए।  कर्मचारी सेवा, सर्त, वृतिविकास, ट्रेड युनियनको व्यवस्थापन, निजामती अवस्था व्यवस्थापन, बढुवा, प्राविधिकका समस्या तथा श्रेणीविहिन कर्मचारीको विषयमा वार्ता भएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.