स्वास्थ्य सेवामा भ्याट छुट
काठमाडौं : अर्थमन्त्रालयले स्वास्थ्य सेवामा मूल्य अभिवृद्धिकर छुट हुने निर्णय गरेको छ। अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग नीति विश्लेषण महाशाखाले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई भ्याटमा अनिवार्य दर्ता हुन नपर्ने गरी छुट हुने निर्णय गरेको हो।
पुस १५ गते महाशाखाको निर्णयलाई नेपाल चिकित्सक संघले स्वागत गरेको छ। स्वास्थ्य सेवामा मूल्य अभिवृद्धिकर छुट हुने निर्णय गरी सम्पूर्ण करदाता कार्यालयलाई परिपत्र गरिएको छ।
यस निर्णयले आम सर्वसाधारण जनतालाई ठूलो राहत पुग्ने संघका महासचिव डा. लोचन कार्कीले बताए।
स्वास्थ्यमा लगाइने करलाई सहजीकरण गराई भावी दिनमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकलाई वैज्ञानिक एवं सहज कर प्रणालीमा समावेश गर्न नेपाल चिकित्सक संघले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !