छैटौं स्थापना दिवस मनाउँदै ग्रान्डी अस्पताल

छैटौं स्थापना दिवस मनाउँदै ग्रान्डी अस्पताल

काठमाडौं : धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले बिहीबार  छैटौं स्थापना दिवस मनाएको छ। अस्पतालले उपचार सेवा संचालन गरेको  छ वर्ष पूरा भएको अवसरमा अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि  रहेका उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले 'ग्रान्डी मेडिकल जर्नल' विमोचन गरे। यो जर्नलमा अस्पतालमा भएका जटिल केसहरुको अनुसन्धान विवरण समेटिएको छ।

यस अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ।चिकित्सक र नर्सिङ स्टाफ सहितको टोली, अत्याधुनिक सुविधा सम्पन्न एमबुलेन्स तथा एयर एम्बुलेन्स सेवाको माध्यमबाट आकस्मिक उपचार र उद्धार गरी बिरामीलाई अस्पतालमा ल्याएर सफल उपचार गराइरहेको छ।

त्यस्तै अस्पतालमा आइसियू सिसियू ,हाईकेयर, एनआइसियू र पिआइसियूको व्यवस्था छ। त्यस्तै यस अस्पतालले हृदयाघात भएर आएका बिरामीका लागि कार्डियाक इन्टरभेन्सनदेखि मुटुमा छुरा रोपिएर आएका बिरामीको सफल शल्यक्रिया गर्दै आएको छ। ग्रान्डीले छिनेका हात र औंला जोड्ने सम्मका जटिल शल्यक्रिया गरी बिरामीको मन जित्न सफल भएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.