अमिताभसँग कादर खानको सम्बन्ध : ‘सर जी’ नभन्दा फिल्मबाट बाहिरिए

अमिताभसँग कादर खानको सम्बन्ध : ‘सर जी’ नभन्दा फिल्मबाट बाहिरिए

नयाँदिल्ली : पछिल्लो साता दिवंगत भएका बलिउडका लोकप्रिय अभिनेता कादर खान र बलिउडका बादशाह नै भनेर चिनिने अमिताभ बच्चनबीचका सम्बन्धका अनेक आयाम खुल्न थालेका छन् ।

कादर खान र अमिताभ बच्चन अति निकटका मित्र हुँदा हुँदै पनि केही साना घटनालाई लिएर उनीहरुबीच सम्बन्ध नै बिग्रिएका समाचार भारतीय मिडियाले सार्वजनिक गरको छन् ।

कादर खानले सन् २०१२ मा दिएको एक भिडियो अन्तरवार्तामा यसबारे खुलेर बोलेका पनि छन् । अमिताभ बच्चन राजनीतिमा लाग्नुअघि र पछि खानसँग कस्तो सम्बन्ध रह्यो भन्ने बारे उनले खुलेर बोलेका छन् ।

अमिताभ बच्चन कांग्रेसको तर्फबाट सांसदको उम्मेदवारी दिने गरिरहँदा कादर खानले राजनीति नगर्न सुझाव दिएको कुरा खुलाएका छन् । तर अमिताभले खानको सल्लाह विपरित उम्मेदवार बने र चुनाव नै जिते । खानले यसबारे ‘पहिलेको अमिताभ नरहेर अर्कै अमिताभ बने’ भन्दै यसबारे टिप्पणी गरेका थिए ।

अमिताभलाई ‘सर जी’ नभन्दा...
खासमा अमिताभ बच्चन राजनीतिमा लागेपछि उनलाई अधिकांशले ‘सर जी’ भनेर सम्बोधन गर्थे । कादर खानले भने आत्मीय ठानेर ‘अमित’ मात्रै भन्थे । फिल्म ‘खुदा गवाह’मा कादर खानलाई निर्माताले नै अमिताभलाई सर जी भनेर सम्बोधन गर्नुपर्ने शर्त राखेका थिए ।

फिल्म सुटिङमा जाने बेला त कादर खानले अमिताभलाई अमित मात्रै भनिरहे । धेरै पटक प्रयास गर्दा पनि उनले सर जी भनेर सम्बोधन नै गर्न सकेनन् । अन्ततः कादर खानलाई निर्माताले फिल्मबाटै हटाउनुपर्यो ।

यस फिल्मपछि अमिताभ बच्चनसँग पनि कादर खानको सम्बन्ध बिग्रियो । यसबारे खानले २०१२ को युट्यूभ भिडियोमा खुलासा गरेका छन् । उक्त भिडियोमा खानले अमिताभलाई राम्रो मित्र ठान्ने बताएका थिए । तर अमिताभको राजनीतिमा लाग्ने निर्णयबाट दुखी भएको पनि खानको टिप्पणी छ ।

जब कि, कादर खानले अमिताभका २२ वटा फिल्ममा डायलग नै लेखेका थिए । ‘मुकद्दरका सिकन्दर’, ‘नसीब और’, ‘अग्निपथ’ जस्ता फिल्ममा अमिताभकै लागि कादर खानले डायलग लेखेका थिए । खानको निधनपछि ६ वर्षअघिको उक्त भिडियोबारे भारतीय संचारमाध्यमले समाचार बनाएका छन् । अमिताभले भने यसबारे टिप्पणी गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.