युवा फर्केपछि गाउँ गुल्जार

युवा फर्केपछि गाउँ गुल्जार

गोरखा : सहर पसेका युवा फर्कन थालेपछि गाउँको रूपरंग फेरिएको छ। युवाहरू सहर पलायन हुन थालेपछि खण्डहर बनेको गाउँ फर्कन थालेपछि गुल्जार भएको स्थानीयको भनाइ छ। गाउँमा कोही–कसैलाई गाह्रो–साह्रो पर्दा सबैले सहयोग गर्छन्।

गाउँमा मर्दापर्दा मानामुठी उठाएर काजकिरिया, बिहेबटुलोमा सहयोग गर्ने गरेको स्थानीय युवा विनोद पाण्डेले बताए। ‘सहरको व्यस्तताबाट रिफ्रेस हुन कहिलेकाहीँ बाहिर निस्कौं भनेर आफ्नै गाउँमा पुग्दा आनन्द आउँछ’, स्थानीय ठाकुरप्रसाद पाण्डेले भने। जागिरेहरूले पाँच दिनको तलब गाउँका लागि छुट्याउने गरेको उनले जानकारी दिए। ‘गाउँको विकासका लागि सहरमा बसेकाहरू देउसी–भैलोबाट पनि पैसा संकलन गर्छन्’, उनले भने। स्ट्रेचरबाट सुरु गरिएको अभियान अहिले एम्बुलेन्स खरिद गर्नेसम्म पुगेको उनी बताउँछन्।

गाउँ फर्केका युवाहरूले गाउँका बेरोजगार युवालाई रोजगार दिन तथा आयआर्जन वृद्धि गर्न कृषि सहकारी संस्था स्थापना गरी बाख्रापालन, व्यावसायिक तरकारीखेती पनि सुरु गरेका छन्।दातृनिकायसम्म सम्बन्ध सम्पर्क बढाएर, ऋण तथा अनुदान जुटाएर विकासका काम गरिरहेका छन्। विदेशमा रहेकाहरूले पनि च्यारिटी डिनर कार्यक्रम गरी अर्थ संकलन गरेर गाउँमा काम गरिरहेका तीर्थराज भट्ट बताउँछन्। भूकम्पले भत्किएका घर पुनर्निर्माण गरेर सहर पसेका युवाले गाउँमा आइरहने वातावरण बनाएको उनले बताए।

‘सहरमा स्थापित भएका युवा अहिले नियमित आफ्नो गाउँ आउन थालेका छन्’, वडाध्यक्ष सुरज ढकालले भने, ‘०७२ सालको भूकम्पदेखि यो परम्परा सुरु भएको हो।’ कामको सिलसिलामा जहाँ गएको भए पनि गाउँको सुख–दुःखमा साथ दिन समय–समयमा आउनुपर्ने नियम लागू गरिएको छ। भूकम्पमा दुःख पाएका गाउँलेलाई उद्धार तथा राहतका लागि गाउँ आएका युवाहरूले यस्तो नियम बनाएको उनले बताए। त्यसबेलादेखि चार वर्षसम्म यो चलनले निरन्तरता पाएको छ।

युवाहरू नियमित गाउँमा आउन थालेपछि २८ वर्ष पुरानो युवा समाजको भवन निर्माण भएको छ। गाउँका दुःखी गरिब तथा समस्यामा परेकाहरूलाई सहायता गर्ने, स्थानीय जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरेका छन्। मुख्य सडकदेखि गाउँसम्मको करिब दुई किलोमिटर सडक पनि आफैँले अर्थ संकलन गरेर निर्माण गरेका छन्।

गाउँमा विद्युतीकरणका लागि पनि सहर पसेका युवाले योगदान दिएको वडाध्यक्ष ढकालले बताए। उनले भने, ‘गाउँपालिका र वडाको बजेट तथा कार्यक्रमबारे चासो लिने अनि विकासको कामको समीक्षा पनि गर्ने गरेका छन्।’ स्थानीयसँग परामर्श गरेर कार्यक्रम तथा योजना बनाउने गरेको वडाध्यक्ष ढकालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.