धान नफलेपछि क्षतिपूर्ति

धान नफलेपछि क्षतिपूर्ति

सिन्धुली : कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको धानको बीउबाट उत्पादन नभएपछि कृषकलाई क्षतिपूर्ति दिएको छ। नगरले गत आर्थिक वर्षमा खेती गर्न वितरण गरेको ५० प्रतिशत अनुदानको धानको बीउबाट उत्पादन नभएको भन्दै कृषकले उजुरी गरेपछि बीउ वितरण गर्ने कम्पनीबाट क्षतिपूर्ति भराई उपलब्ध गराएको हो।

चितवनको अनमोल बीउ प्रालिबाट खरिद गरिएको धानको बीउ उम्रनै समय लागेको, रोपेको धानबाट तीनथरी धान फलेको, धानमा बाल नलागेको भन्दै कृषकहरूले क्षतिपूर्ति मागेका थिए। कृषकको उजुरीका आधारमा स्थलगत अनुसन्धान गरेको नगरपालिकाले कम्पनीबाट सात लाख सात हजार ९९ रुपैयाँ क्षतिपूर्ति भराई ३४ कृषक तथा कृषक समूहलाई क्षतिपूर्ति वितरण गरिएको उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिइन्। नगरले उक्त प्रालिबाट खरिद गरेको धानको नौ मेट्रिक टन बीउ कृपा एग्रो ट्रेडर्स सिन्धुलीमार्फत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो।

‘वितरण गरिएको धानको बीउ औसतमा २२ दशमलव ५ प्रतिशत क्षति भएको पाइएपछि त्यसकै आधारमा बीउ उपलब्ध गराउने कम्पनीसँग नगर र कृपा एग्रो ट्रेडर्सको पहलमा क्षतिपूर्ति उपलब्ध गराई कृषकलाई वितरण गरेका हौं’, देवकोटाले भनिन्। नगरपालिकाले कृषकलाई एक हजार पाँच सय ७५ रुपैयाँदेखि ८१ हजार दुई सय ७० रुपैयाँसम्म क्षतिपूर्ति दिएको छ। स्रष्टा वाङ्मय प्रतिष्ठान कृषि सहकारी संस्थालाई एक लाख ५१ हजार दुई सय, ११ वडाका थरहरीका किसानहरू नेत्रबहादुर राना, जुगमाया राना, गंगाबहादुर राना, बुद्धिमाया खपांगी, तारा राना, हात्तीसारका वीरबहादुर सार्की, गणेशबहादुर आले, कुमार कार्की, बलबहादुर गुर्मछान, सम्झना पुलामी मगर र ओमबहादुर रानालाई क्षतिपूर्ति दिइएको छ।

जरायोटारका ज्ञानलाल श्रेष्ठ र मेनुकाकुमारी भुजेल, बेसारेका बिर्खबहादुर राउत, धनबहादुर खपाङगी, शिवबहादुर खड्का र नेत्रबहादुर श्रेष्ठलाई पनि क्षतिपूर्ति दिइएको छ। कमलामाई १० का कृष्णबहादुर बुढाथोकी, दीपक कार्की, राजु सुडारी, पार्वती कार्की, ठाकुरप्रसाद पहाडी, धनबहादुर हायू, दिनेश कार्की, गोपालप्रसाद पहाडी र शेरबहादुर पुलामीले पनि क्षतिपूर्तिको रकम पाएका छन्। यसैगरी, ४ का शिवहरी पौडेल, ७ का अनिल थापा, गोविन्द केसी, शम्भु बल र १ का तारादेवी थापालाई क्षतिपूर्तिको रकम दिइएको नगरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.