मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक
सुन्नुहोस्

गोरखा : अंग्रेजी वर्ष २०२४ मा मनास्लु क्षेत्रमा विगतमा भन्दा धेरै विदेशी पर्यटक पुगेका छन्। पर्यटकको तथ्यांक राख्ने निकाय मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार प्रसिद्ध पर्यटकीयस्थल मनास्लु क्षेत्रमा अघिल्लो वर्षभन्दा सन् २०२४ मा १५ सय पर्यटक बढी पुगेका हुन्। 

सन् २०२३ मा ९ हजार १ सय ७७ पुगेको उक्त क्षेत्रमा सन् २०२४ मा १० हजार ६ सय विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। यो मनास्लु क्षेत्र भ्रमण गर्ने हालसम्मकै ठूलो पर्यटकको संख्या हो।

दक्षिण एसियाली राष्ट्रका भन्दा युरोप तथा अमेरिकी मुलुकका विदेशी पर्यटकको संख्या धेरै रहेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए। सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट १ हजार ३ सय ३५ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उनले जानकारी दिए।

यस्तै, १ हजार १ सय ८१ जर्मन नागरिक र ७ स ९६ अमेरिकी नागरिकले मनास्लु क्षेत्र भ्रमण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। सार्क सदस्य राष्ट्रहरूमध्ये भारतबाट सबैभन्दा धेरै १ सय ५९ पर्यटकले मनास्लु पदयात्रा गरेको बताइएको छ। यसैगरी नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट पनि विदेशी पर्यटकहरू मनास्लु क्षेत्र घुम्न पुगेका थिए।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क सदस्य राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ। पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनु पर्ने व्यवस्था छ। यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोस्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनको भनाइ छ।

निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ। विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्दछ। उक्त अवधिभर चुम भ्यालीका लागि सिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेसिजनमा २५ डलर मात्र।

त्यस्तै नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ। एक साताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनपर्ने हुन्छ। निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाको ७ वटा वडा पर्दछन्। यस वर्षदेखि विदेशी र स्वदेशी पर्यटकसँग गाउँपालिकाले पनि राजस्व संकलन सुरु गरेको छ।

पालिकाले गत असोज १ गतेबाट राजस्व संकलन गर्न सुरु गरेको हो। चुमनुब्री गाउँपालिकाको वडा नं. १ देखि ७ सम्मलाई संरक्षण क्षेत्रले समेटेको छ। जसमध्ये साबिकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रूपमा चिनिन्छ। सन् २००५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.