विकासको चाहना पूरा गरेर मात्रै माथि जान्छु - प्रचण्ड

विकासको चाहना पूरा गरेर मात्रै माथि जान्छु - प्रचण्ड

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षमा जनताको विकासको चाहना पूरा गरेर मात्रै आफू माथि जाने  बताएका छन्। आफ्नो चाहना समृद्धि नेपालको सपना पूरा गर्ने रहेको बताउँदै  उनले त्यो पूरा नगरेसम्म आफू नमर्ने  दावी गरे।

बुधबार चितवन महोत्सवको उद्घाटन समारोहलाई संवोधन गर्दै भने,  'दश वर्ष समृद्धिको काम गरेर माथि जाने चाहना छ।' दाहालले राजनैतिक स्थिरता आएपछि बाहना गर्ने ठाउँ नभएको भन्दै अब काम गरेर देखाउने समय आएको उल्लेख गरे।

साथै दाहालले जनताको चाहना र आवश्यकता पूरा गर्न नसके कम्युनिस्ट सरकारको औचित्य नरहेको बताए। उनले नेपालको राजनीतिलाई विश्वले हेरेको भन्दै त्यसलाई विकाससँग जोड्ने जोड दिए।। ' बिरालो कालो भएपनि सेतो भएपनि त्यसले मुसा मार्नुपर्छ, यही नीतिले चीन विश्वमा अगाडि छ,' उनले भने, ' जनतालाई धनी र देशलाई समृद्धि बनाउन नसके कम्युनिस्ट शासनको काम छैन।'

दाहालले विकासको महत्वकांक्षी योजना समेत सुनाए। उनले हेर्दाहेर्दै नेपालमा पानी जहाज आउने बताए। उनले विकासले फड्को मार्ने दाबी गरे। राजनैतिक निर्णयलाई व्यवहारमा उतारेर जनताको चाहना पूरा गर्ने चुनौती रहेको भन्दै 'तपाई हेर्दा हेर्दै पानी जहाज आउँछ,' दाहालले भने, ' भैसालोटनदेखि नारायणीसम्म जहाज आउन बेर लाग्दैन।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.