खप्तड गोल्डकप : तीर्थको ह्याट्रिकले पुलिसको जित

खप्तड गोल्डकप : तीर्थको ह्याट्रिकले पुलिसको जित

धनगढी : नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले सफलता हात पारेको छ। पुलिस क्लबले मोरङ फुटबल क्लबलाई ३–० गोलले हरायो। जितसँगै पुलिस क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। पुलिस क्लबको जितमा तीर्थ रानाले ह्याट्रिक गरे। खेलको सुरुदेखि नै विपक्षीमाथि दबाब बनाएको पुलिस क्लबले तीर्थको गोलमा अग्रता बनाएको थियो।

तीर्थले खेलको सातौं मिनेटमा डीबक्स भित्रबाट गरेको शक्तिशाली प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योञ्जनले बचाउन सकेनन्। खेलको ३५औं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले नै पुलिसको अग्रता दोब्बर बनाएका थिए। अभिषेकले विंगबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै दिएको पासमा तीर्थले हेडर गोल गरे। ४३औं मिनेटमा तेज तामाङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो।

दोस्रो हाफमा पनि पुलिस क्लबले आक्रामक रणनीतिलाई कायम राख्दै पोस्टमा एकपछि अर्को आक्रमण गरिरह्यो। ५७औं मिनेटमा सन्तोष हेमरुनको क्रसमा नीरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन। त्यसलगत्तै निीरकुमारले नै छोटो कर्नरमा सीधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो। ७५औं मिनेटमा अभिषेकको पासमा सन्तोष हेमरुनको प्रहार फितलो रहँदा पुलिस क्लबले अग्रता फराकिलो बनाउन सकेन।

दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे। उनी खेलको म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले मैदान केही नयाँ भएकाले खेलाडीलाई सेट हुन समय लागे पनि जित हात पार्दा खुसी रहेको प्रतिक्रिया दिए। पराजित टोलीका प्रशिक्षक सञ्जीव बुढाथोकीले बलियो पुलिस क्लबविरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए।

पुलिस क्लबले अब पुस २९ गते हुने क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ। बिहीबार भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेडबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.