एभोकाडोको एकै बोटबाट लाख आम्दानी

एभोकाडोको एकै बोटबाट लाख आम्दानी

धनकुटा : स्कुलडाँडाका राजकुमार तामाङको बारीमा ३५ वर्ष पुरानो एभोकाडोको बोट छ। यसले अहिले पनि गतिलै फल दिन्छ। अघिल्लो वर्ष उनले यही बोटको एभोकाडो बेचेर उनले एक लाख रुपैयाँ कमाए। गत वर्षभन्दा यसपटक दोब्बर फल लागेको छ। व्यापारी बारीमै आएर दुई लाख रुपैयाँ भाउ तोके। तर, तामाङले दिएनन्। भने, ‘आफैंले बिक्री गर्दा अढाई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने भएर दिइनँ।’

घ्यू फलको रूपमा परिचित एभोकाडोको बजार भाउ र उत्पादन राम्रो हुँदा किसानले एउटै बोटबाट लाखभन्दा बढी कमाइ गर्न थालेका छन्। स्कुलडाँडाकै वीरबहादुर तामाङको बारीका तीन बोटले एक लाखभन्दा बढी आम्दानी दिन्छ। घर खर्च यसैबाट चलेको छ। वीरबहादुर भन्छन्, ‘६० बोट लगाएकोमा २२ वटाले फल दिन थालिसके।’ उनले आधा रोपनी क्षेत्रफलमा एभोकाडो लगाएका छन्। राम्रो बोटले दस क्विन्टलभन्दा बढी फल दिन्छ। अहिले बोटै भाँचिने गरी फल लागेको छ। बाँसको टेको लगाउनु परेको छ। पाँच ओटा एकै पटक तौलँदा दुई किलो वजन हुन्छ। अहिले बजारमा एक सय ८० देखि दुई सय रुपैयाँ प्रतिकिलो बिक्री हुन्छ। पाँचवटा फल बिक्री गर्दा तीन सय ६० देखि चार सय रुपैयाँसम्म आउँछ। बोटले फल थाम्न नसकेपछि नुघिएका फल टिपेर बिक्री गरेको उनले बताए।

२०४५ सालमा उनका बुबाले बोट रोपेको बताउँदै भने, ‘तीन वर्षयता बोटले लाखभन्दा बढी आम्दानी दिएको बताए। तामाङले पाँच रोपनी भिरालो जमिनमा एक सय ३५ वटा एभोकाडोको बोट रोपेका छन्। सबै बोटको आम्दानी जोड्दा वार्षिक सात लाखभन्दा आम्दानी भइरहेको उनी बताउँछन्। एभोकाडो खरिद गर्न स्थानीयदेखि काठमाडौं, पोखरासम्मका व्यापारी आउने गर्छन्।

वीरबहादुरले अरूले रोपेको देखेर ०४० सालमा १/२ बोट एभोकाडोका बिरुवा रोपेका थिए। उबेला रोपेको बिरुवाले अहिले लाखभन्दा बढी आम्दानी दिँदा खुसी लागेको उनले बताए। ‘रहरले रोपेको थिएँ’, उनले भने, ‘एउटै बोटमा फलेको फल बेच्दा हातमा लाख पर्दा विश्वासै लाग्दैन।’ उनको बारीमा ६० बोट एभोकाडोको बोट छन्। अन्यले ३०–३५ हजार रुपैयाँसम्म आम्दानी दिइरहेको बताए। धनकुटा–३ सिप्तिङका जितेन्द्र राईको यो वर्ष २० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य छ। बजारमा एभोकाडोको फल प्रतिकिलो दुई सयसम्ममा बिक्री भइरहेको छ। एककिलोमा चार ओटासम्म फल अट्छ।

धनकुटा एभोकाडोको राजधानी

धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरिएको छ। नगरसभाले घोषणा गर्दै एभोकाडो खेतीको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य छ। सदरमुकामको परिचय मोडमा एभोकाडोको स्तम्भ नै निर्माण गरिएको छ। नगरप्रमुख चिन्तन तामाङले भने, ‘चालु आवमा एक लाख बिरुवा उत्पादन गरेर किसानलाई अनुदानमा वितरण गर्ने योजना छ।’ नगरपालिकाको सर्भेक्षण प्रतिवेदनअनुसार एभोकाडो बोटको संख्या तीन हजार सात सय ६४ छ। दुई वर्षभित्र फल्ने तयारीमा रहेकाको संख्या आठ हजार पाँच सय ९४ छ।

धनकुटाभित्र एभोकाडोको ३० वर्षको इतिहास छ। कृषि अभियन्ता तथा विश्लेषक जीवनप्रसाद राईका अनुसार धनकुटामा एभोकाडो आउनुको कारण पाख्रिबास कृषि केन्द्र नै हो। ‘मेयर कृषि पर्यटन कार्यक्रम’ को तथ्यांकअनुसार धनकुटामा २६ हजारभन्दा बढीको संख्यामा एभोकाडोका बिरुवा रोपिसकिएको छ। यसबाट वार्षिक ८० मेट्रिक टन उत्पादन हुन्छ। हालको बिक्रीबाट वार्षिक एक करोड आम्दानी हुँदै आएको र पाँच वर्षभित्र पाँच करोड पुर्‍याउने लक्ष्य लिएको तामाङको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.