तिलौराकोट उत्खनन् थालियो

तिलौराकोट उत्खनन् थालियो

तौलिहवा : बुद्धको क्रीडास्थल तिलौराकोटमा उत्खनन थालिएको छ। विश्वसम्पदामा सूचीकृत गराउन चाहिने प्रमाण जुटाउन विज्ञ विदेशी पुरातत्त्वविद्सहित नेपाली टोलीले पुनः तिलौराकोट उत्खनन थालेका हुन्।

तिलौराकोटलाई विश्वसपदामा सूचीकृत गराउन तीन वर्षअघि नै युनेस्कोमा प्रस्ताव गरिएको पुरातत्त्व विभागले जनाएको छ। बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषविज्ञ तथा पुरातत्त्वविद्को टोलीले विधिवत रूपमा कार्य सुरु गरेका हुन्। अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर पुरातात्त्विक मान्यताअनुसार उत्खनन् थालिएको छ।

टोलीले तिलौराकोट प्रवेश गर्नासाथै प्राचीन सहरको झल्को दिने गरी उत्खनन गर्ने बताएको छ। उत्खननमा जापानिज फन्ड इन ट्रस्ट, युनेस्को र जापानिज नागरिक कसाईको सहयोग छ। यही टोलीले गत वर्षमा तिलौराकोट र आसपास उत्खनन कार्य सम्पन्न गरेको थियो। उत्खनन आगामी २८ फेब्रुअरीसम्म चल्नेछ। यस वर्ष तिलौराकोट दरबारको मध्यभागको संरचना, केन्द्रीय पोखरी, समयमाई मन्दिरको पश्चिमपट्टिको भाग तथा तिलौराकोट दरबार बाहिर पूर्वतर्फको कन्थक स्तुपा उत्खनन, अन्वेषण र योजना निर्माण गरिने विभाग प्रमुख रामबहादुर कुँवरले बताए।

गत वर्ष पूर्वी गेट, उत्तरी हिस्ता तथा समयामाई मन्दिरको किनार उत्खनन गरिएको थियो। यस पटक पनि निकै सूक्ष्म तरिकाले अध्ययन गर्ने गरिने अधिकृत कुँवरले बताए। यस पटक पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोइकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्ययन अनुसन्धान गरिने उनले जनाए। यस्तै कपिलवस्तु संग्रहालयको समेत स्तउन्नति गरिनेछ। विभाग र कोषले सन २०१२ देखि अनुसन्धान थालेको थियो। यसअघि जापानिज फन्ड इन ट्रस्टको सहयोगमा लगातार ४ वर्षदेखि उत्खनन गरिएको थियो। यस वर्ष जापानी नागरिक कासाईको सहयोग रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.