दिल्लीको पोस्टमा च्यासलको आधा दर्जन गोल

दिल्लीको पोस्टमा च्यासलको आधा दर्जन गोल

धनगढी : ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार भएको खेलमा भ्याली च्यासल युवा क्लबले विपक्षीको पोस्टमा आधा दर्जन गोल ठोकेको छ।

 च्यासलले दिल्ली फुटबल क्लबलाई ६-० गोलको फराकिलोअन्तरले पराजित गरेको हो। च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरे।

धनगढी रंगशालामा भएको खेलमा च्यासलले १४औं मिनेटमै अग्रता लिएको थियो। एल्भिसको पासमा सञ्जोग राईले सहज गोल गर्दै च्यासललाई अगाडि बढाए। ३१औं मिनेटमा हेमन्त थापामगरले करिब २५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार क्रसबारको भित्री भागमा ठोक्किएर गोलमा परिणत भयो।

४०औं मिनेटमा सञ्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले डीबक्स भित्रबाट गरेको शक्तिशाली प्रहारलाई दिल्लीका गोलरक्षक मन्दिपले बचाउन सकेनन्।

यसैगरी दोस्रो हाफमा पनि च्यासलले सुरुदेखि नै विपक्षीमाथि एकतर्फी दबाब कायम राख्यो। ६१औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४-० गोलले अगाडि बढाए। 

७३औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहारलाई गोलरक्षक मन्दिपले रोक्न नसक्दा च्यासल ५-० गोलले अगाडि बढेको थियो।

इन्ज्युरी समयको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६-० को सजिलो जित दिलाए। खेलको आरके कन्स्ट्रक्सन ‘म्यान अफ दी म्याच’ बनेका अर्मान्डले १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे। 

जितसँगै च्यासलले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। च्यासलले अब सेमिफाइनल प्रवेशका लागि रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ।

विजयी टोली च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भए पनि ‘डेब्यु’ गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेका कारण टोलीको जित सम्भव भएको प्रतिक्रिया दिए। 

पराजित टोली दिल्लीका प्रशिक्षक बीएस मेहराले पहिलो रोजाइका ६ जना खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरूप खेल्न नसकिएको बताए। शुक्रबार हुने खेलमा रूपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.