खप्तड गोल्डकप : काँकडभिट्टा सेमिफाइनलमा

खप्तड गोल्डकप : काँकडभिट्टा सेमिफाइनलमा

धनगढी : मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।  शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा काँकडभिट्टाले सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

नवौं मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाएका थिए।  श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए।  २६औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजुले उत्कृष्ट डाइभ दिँदै बचाए।  ४१औं मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काए।  विशाल राईको पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए।

इन्जुरी समयको पहिलो मिनेटमा एपीएफका गोलरक्षक राजु नगरकोटीले विश्वास श्रेष्ठको फ्रिकिक बचाउने प्रयासमा फुत्काएपछि रिबाउन्डमा कप्तान खामिरले बललाई पोस्टको दिशा दिन सकेनन्।  ६१औं मिनेटमा काँकडभिट्टा अग्रता लिनबाट चुक्यो।  विष्णु सुनारको फ्रिकिकमा विशाल राईले अफसाइड ट्र्याप बिट गरे पनि बललाई पोस्टको दिशा दिन सकेनन्।  खेलको तीन मिनेट समय बाँकी रहँदा काँकडभिट्टाले अग्रता लियो।  कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले डीबक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले पहिलो हाफमा प्रदर्शन सोचेअनुरूप नभए पनि बराबरी गोल निस्केपछि मनोबल उच्च रहेको बताए।  उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे।  काँकडभिट्टाले फाइनल प्रवेशका लागि थ्रीस्टार र च्यासलबीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। आइतबार मनाङ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.