पुलिससँग मनाङ स्तब्ध

पुलिससँग मनाङ स्तब्ध

धनगढी : लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले ६८औं मिनेटमा निर्णायक गोल गरेको थियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई नीरकुमार राईले गोल गरेका थिए ।

मनाङले खेलको सुरुआतदेखि नै लगातार गोलको अवसर बनाए पनि सफल हुन सकेन । ११औं मिनेटमा मनाङका हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । त्यसपछि पुलिसले २९औं मिनेटमा गोलको अवसर गुमाएको थियो । तीर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । मनाङका हेमन गुरुङ ६२औं मिनेटमा चुकेका थिए ।

८०औं मिनेटमा पुलिसका अब्दु करिमको प्रहार क्रसबारमाथि हुइँकिएको थियो । पुलिसका नीरकुमार म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

पुलिसले सेमिफाइनलमा संकटा र क्यामरुनको धाउफिन्स एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ हात पार्नेछन् । सोमबार च्यासल र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.