अधिवेशन उद्घाटन भएको साढे तीन महिनापछि बल्ल कार्यसमिति गठन
राजविराज : समाजवादी विधार्थी फोरम नेपाल सप्तरीको अधिवेशन उद्घाटन भएको साढे तीन महिनापछि मात्रै पुस ३० गते सोमबार कार्यसमिति गठन भएको छ ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं निर्वाचन मण्डलका अध्यक्ष सैलेश चौधरीले सोमबार एक कार्यक्रमका बीच फोरमको भ्रातृ संगठन समाजवादी विधार्थी फोरम जिल्ला कार्यसमितिको घोषणा गरेका हुन् ।
गत असोज १६ गते प्रदेश नम्बर २ का भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अधिवेशनको उद्घाटन गरे पनि विवादका कारण कार्यसमिति अझै बन्न सकेको थिएन ।
पार्टीका केन्द्रीय सदस्य चौधरीले यही सोमबार संजयकुमार यादवको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमितिको घोषणा गरेको पार्टीका जिल्ला सह सचिव वृजमान तामाङले जानकारी दिए ।
पार्टीको जिल्ला कार्यालयमा चौधरीद्वारा घोषित कार्यसमितिको उपाध्यक्षहरुमा सन्तोष यादव र गौतम वर्मा, सचिवमा अभिषेक यादव र कोषध्यक्षमा रुवीकुमारी यादव छन् ।
नवगठित समितिको सदस्यहरुमा दिपककुमार यादव, सरोजकुमार यादव, मिथिलेस यादव, संजय शर्मा, दिपेन्द्रकुमार यादव, विनोदकुमार ठाकुर, रोहित यादव, लिलशेन यादव, दिपक दास, चन्दन दास, पायल दास, रामप्रकाश यादव, शिवानन्द यादव, विनोदकुमार यादव, अभिषेक झा, अनिलकुमार साह, मनु शेख र संतोष मेहता छन् ।
प्रतिक्रिया दिनुहोस !