बम्जनमाथि लागेको आरोपको विरोध गर्दै समर्थकको प्रदर्शन

बम्जनमाथि लागेको आरोपको विरोध गर्दै समर्थकको प्रदर्शन

सिन्धुली : रामबहादुर बम्जनका अनुयायी सिन्धुलीमा भेला भएका छन्। मैत्री धर्म शान्ति पद यात्रा र विश्व शान्ति मैत्री पूजामा सहभागी हुन उनीहरु सिन्धुली आएका हुन्।  

गत डेढ वर्ष यता कमलामाई नगरपालिका ८ स्थित पैरे सिन्धुलीमा रहेको आश्रममा बस्दै आएका भनिएका बम्जनका अनुयायी उनको आश्रममा शुक्रबारबाट सुरु हुने विश्व शान्ति मैत्री पूजामा सहभागी हुन आएको बोधिश्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र बम्जनले बताए। 

शुक्रबार, शनिबार र आइतबार हुने भनिएको पूजामा बम्जन सहभागी हुने बताइए पनि बम्जन सार्वजनिक हुने या नहुने अझै टुङ्गो लागिसकेको छैन। पूजाका लागि चार हजारभन्दा बढी मानिस बिहीबार नै आश्रम पुगेका छन्। अनुयायीहरुले प्रदर्शन गर्दै उनीमाथि लागेको आरोपको विरोध गरेका छन्।

पुर्व मन्त्री तथा बोधि श्रवण धर्म संघका प्रवक्ता मणि लामाले बम्जनमाथि लागेको आरोपको   खण्डन गरेका छन्। बम्जनको पैरे स्थित आश्रममा पत्रकार सम्मेलन नै गरेर लामाले बम्जनलाई लगाइएको आरोपको सत्यता नभएको भन्दै खण्डन गरेका थिए।

उनले आफूहरुसँग प्रमाण भएको दावी गरेका छन्। उनले भने, ‘बेपत्ता भएका भनिएकालाई हामीले उनीहरुको आफन्तलाई कागज गरेर जिम्मा लगाएका थियौं। बरु उनीहरु भूकम्पपछि कहाँ गए के भयो हामीलाई थाहा छैन्।’ 

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसंग रिसाउँदै प्रवक्ता लामाले बम्जनका बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचार निराधार, कपोल्कपित भएको बताए। उनले निस्पक्ष र न्यायिक अनुसन्धान हुनुपर्नेमा जोड दिँदै सिन्धुपाल्चोकमा भेटिएको नुनको पोका र कोइला आश्रम बस्नु पहिलाकै भएको भन्दै त्यसलाई देखाएर फसाउने षड्यन्त्र रचिएको बताए।  
बोधिश्रवण धर्म संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले बम्जनमाथी लागेको आरोप निराधार रहेको दावी गरे। थिङले बम्जनमाथी लागेको आरोपमा कुनै सत्यता र तुक नभएको समेत दावी गरे। 
बम्जनका अनुयायीहरुको ¥यालीमा कडा सुरक्षा दिएको प्रहरीले भने बम्जनमाथि लागको आरोपका आधारमा उनलाई नियन्त्रणमा लिने निर्देशन माथीबाट नआएको पुनः दोह्रो¥याएको छ। 

आश्रममा गएका बम्जनका अनुयायीहरू त्यहाँबाट नफर्किएको भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा प्रहरीले छानबिन थालेको भए पनि बम्जनलाई नियन्त्रणमा लिनेबारे कुनै निर्देशन नआएकोले उनलाई नियन्त्रणमा नलिइएको सिन्धुली प्रहरीका प्रमुख एसपी रामेश्वरप्रसाद यादव बताउँछन्। 

 
बम्जनमाथी लागेको आरोपमाथी प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको छ। बम्जन र उनका सहयोगिमाथि नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी बेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी दिएका छन्। 

बेपत्ता भएका भनिएका सुरेश आलेमगरको खोजीका लागि बारामा, सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा र चुन्माले चिनिने चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका छन्। बेपत्ता भएका भनिएका चारै जना २०६९ सालदेखि २०७२ सालको बीचमा बेपत्ता भएको बताइएको छ।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.