लिगलिगकोटमा देशकै ठूलो राष्ट्रिय झण्डा

लिगलिगकोटमा देशकै ठूलो राष्ट्रिय झण्डा

पालुङ्टार(गोरखा) : द्रव्य शाह दौडेर राजा भएको ऐतिहासिक स्थल लिगलिगकोटमा देशकै सबैभन्दा ठूलो नेपालको राष्ट्रिय झण्डा स्थापना भएको छ। ६० फिट अग्लो राष्ट्रिय झण्डा स्थापना भएपछि लिगलिगकोटमा पर्यटकको आवागमन बढेको छ।  

पालुङ्टार नगरपालिका कार्यालयले वडा नं. २ को सातहजार फिट अग्लो ऐतिहासिक लिगलिगकोटको थुम्कामा ६० फिट अग्लो खम्बा गाडी ४० फिट अग्लो झण्डा स्थापना गरेको हो। पृथ्वीजयन्तीको अवसर पारी मेयर दीपकबाबु कँडेलले झण्डाको उद्घाटन गरेका थिए। 

देशकै ठूलो झण्डाको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक उल्लेख्य मात्रामा वृद्धि भएको मेयर कँडेलले जानकारी दिए। पर्यटकलाई आकर्षण गर्न त्यहाँसम्म पुग्ने बाटोको स्तरवृद्धि गर्ने र झण्डालाई रातमा झल्झली बल्ने गरी बत्ती राख्ने नगरपालिकाले तयारी गरेको कँडेलले बताए। 

स्थानीय अशोक गान्धारीका अनुसार अहिले दैनिक पाँचसयदेखि १ हजारजनासम्म आन्तरिक पर्यटक आउने गरेका छन्। ‘गनेको त छैन तैपनि अन्दाजमा दिनको पाँचसयदेखि एकहजार जनासम्म पर्यटक आउँछन्’, गान्धारीले भने, ‘कोही बसमा कोही साना गाडीमा आएर हेरेर फर्किन्छन्।’ पर्यटक आउन थालेपछि यहाँ चिया, कफी पसल, रेष्टुरेन्ट पनि खुल्न थालेको उनले बताए।

राष्ट्रिय एकता पहिचान उद्गमस्थलको रुपमा विकास गराउन लिगलिगकोटमा देशकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा स्थापना गरेको नगरपालिकाकी उपमेयर पम्फा बसेलले जानकारी दिइन्। ‘द्रव्यशाह दौडेर राजा भएको लिगलिगकोटलाई राष्ट्रिय एकताको पहिचानको रुपमा प्रचार र विकास गर्ने हाम्रो लक्ष्य हो’, उपमेयर बसेलले भनिन्, ‘अहिले पर्यटक ओइरिएको देखेर हाम्रो लक्ष्य पूरा हुनेछ भन्ने विश्वास छ।’ झण्डा स्थापना गरिएको ठाउँसम्म बाटोे स्तरवृद्धि गर्ने, अन्य पूर्वाधार तयार गर्ने नगरपालिकाको कार्यक्रम रहेको उनको भनाइ छ।

लिगलिगकोटसम्म आउने पर्यटकका लागि लिगलिग दौड सुरु हुने बसेलले बताइन्। मस्र्याङ्दी र चेपे दोभान, लिगलिगकोट, ऐतिहासिक कालु पाण्डेको जन्मस्थल, कोटगढी, प्रसिद्ध धार्मिकस्थल अन्नपूर्ण मन्दिर, तालपोखरी, तातोपानी भुलभुलेखार, थानीमाई मन्दिरलाई पर्यटन पदमार्ग बनाउने लक्ष्य नगरपालिकाले राखेको उपमेयर बसेलको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.