५ वर्ष पछि बाजुरामा हिमपात: सडक अवरुद्ध, जनजीवन प्रभावित

५ वर्ष पछि  बाजुरामा हिमपात: सडक अवरुद्ध, जनजीवन प्रभावित

बाजुरा : सदरमुकाम मार्तडीमा पाँच वर्ष पछि हिमपात भएको छ। सोमबार राति एक्कासी मौसम बदली भएर बाजुरामा हिमपात भएको छ। हिमपात भएसँगै किसानलाई राहत भएको बुढीगंगा नगरपालिका- ९ का सिसान तेज बहादुर सिंहले बताए। पानीसँगै हिउँ परेको छ। हिउँ परेपछि खेतिपाति राम्रो हुने किसान बताउँछन्।

एक्‍कासी मौसममा बदली भई आइतबार बिहान सदरमुकामका अग्ला डाँडाकाँडा हिमपातले सेताम्मे भएका छन्। सोमबार रातिदेखि सदरमुकाम मार्तडी बजारमै हिमपात भएपछि स्थानीय दंग भएका छन्। बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा २०७० साल पछि यो वर्ष हिउँ परेको बडिमालिका नगरपालिका- ८ का वडाअध्यक्ष प्रकाश रावलले जानकारी दिए।

'०७० साल पहिला वर्षको दुई तीन पटक हिउँ पर्थ्यो, पाँच वर्ष भयो मार्तडीमा हिउँ नपरेको,' रावलले बताए। हिउपातसँगै पानीले गर्दा बाजुराको जनजीवन अस्तव्यस्त बनेको छ। विषेश गरी मौसमी बसाई सरेर भेडापालक किसानलाई बढी समस्या भएको नेपाल भोटे जनजाति महासंघका अध्यक्ष बुद्धीसिंह बोगटीले बताए। हिउँद सुरु भएसँगै लेकतीरबाट भेडापाल किसान लालाबालासहित बेसी झर्ने गर्दछन्। सपरिवार पालमुनि बस्नुपर्ने भएकाले भेडापालक किसान चिसोले बढी समस्यामा परेका छन्।

बाजुरा जिल्लाका खप्तड छेडेदह गाउँपालिका,त्रिबेणी नगरपालिका बुढिगंगा,गौमुल,बुढिनन्दा,जगन्नाथ,स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकाको लेकाली भेगमा तीन चार फिट हिउँ जमेको र बेसीतीर पानी परेको छ। 

'पाँच वर्षपछि सदरमुकाम मार्तडी बजारमा हिमपात भयो, अब सदरमुकाम आसपास क्षेत्रमा लगाइएका हिउँदे बाली गहुँ, जौ र आलु सप्रिने भयो, सदरमुकाम मार्तडीका किसान धनबहादुर विकले भने,' यस अघि पुषको महिनामा अलिकति वर्षा भयो बाली सप्रिएन अब सदरमुकाम मार्तडीमै हिमपात भएपछि राहत महसुस भएको बताए।

मार्तडी कोल्टि सडक अवरुद्ध
सोमबार रातिदेखि मार्तडी कोल्टी सडक अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेखमा हिउँ परेपछि सडक अवरुद्ध भएको हो। मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा र साना ढुवानीका ट्याक्टर बन्द भएका छन्। यातायात बन्द हुँदा त्यस क्षेत्रका यात्रु समस्यामा परेका छन्। यात्रु बडिमालिकाको ढम्कने र बुढिनन्दा नगरपालिको काँधको जंगलमा अलपत्र परेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.