प्रवेश परीक्षामा आफ्नै छोरीको नाम निकालेको भन्दै डीनविरुद्ध उत्रिए प्रध्यापक

प्रवेश परीक्षामा आफ्नै छोरीको नाम निकालेको भन्दै डीनविरुद्ध उत्रिए प्रध्यापक

भरतपुर : प्रवेश परीक्षाको विषयले कृषि तथा वन विश्वविद्यालयमा विवाद बढेको छ।विश्वविद्यालयका सहायक डीन प्राध्यापक मातृकाप्रसाद जमरकट्टेलले नियमविपरित आफ्नै छोरीको नाम निकालेको भन्दै प्रध्यापक नै विरोधमा उत्रिएका छन्।

विश्वविद्यालयको निर्देशिकाअनुसार आफ्नो छोरा, छोरी अथवा नजिकको नातेदार प्रवेश परीक्षामा सहभागी गराउन नपाउने व्यवस्था छ। तर छोरी सिमा जमरकट्टेल सहभागी गराउन परीक्षाको सदस्य सचिवमा जमरकट्टेल स्वयम रहेको भन्दै प्राध्यापकले विरोध गरेका हुन्।

उनी परीक्षा समितिका सदस्य सचिव समेत हुन्।विश्वविद्यालयले दिने पत्रमा समेत सोही कुरा उल्लेख गरिएको हुन्छ। तर डीनले नै नियम पालना नगरेको भन्दै आन्दोलन सुरु भएको छ। सिमाको पशु विज्ञानमा दोस्रो नम्बरमा नाम निस्केको छ। 

विश्वविद्यालयको स्नातकोत्तर तहको पशु विज्ञान संकायको प्रवेश परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रजातन्त्रवादी प्राध्यापकले विरोध गरेका छन्।आफू सह-प्राध्यापक राखेर आफू निकटका विद्यार्थीको नाम निकालेको आरोप समेत लगाएका छन्।

प्रवेश परीक्षा अघि समिति गठन गरिन्छ। समिति निश्पक्ष नभएको भन्दै प्रजातान्त्रिक प्राध्यापक संघले प्रवेश परीक्षा समेत बहिस्कार गरेका थिए। निष्पक्ष समिति गठन गरेर पुन: प्रवेश परीक्षा लिनुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन्। राजनैतिक आस्थाको आधारमा कमयुनिस्ट निकटका प्राध्यापक राखेर आफू निकटकालाई पास गरेको भन्दै विरोध गरेका हुन्।

उनीमाथि प्रवेश परीक्षाको प्रश्नपत्र पहिल्यै बाहिर आएको आरोप समेत लगाएको छ। 'विश्वविद्यालयको निर्देशिकामा आफन्तले परीक्षा दिने भए बस्न नपाउने प्रावधान छ,' प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य रामहरी तिमिल्सिनाले भने,' आफ्ना मान्छे पास गराउन अहिलेसम्म नगरिएको अनियमितता गरिएको छ।'

विरोध भएपछि बुधवार डीन कार्यालयमा राखिएको बैठकमा असन्तुष्ट पक्षधरले पुन: परीक्षाको माग गरेपछि बार्ता हुन सकेन । उनीहरुले मंगलबार पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको डीन कार्यालयमा तालाबन्दी गरेका छन्। 

शैक्षिक गतिविधिलाई असर नपर्ने गरी प्रशासनिक काम प्रभावित भएको छ। आफ्ना परिवारका सदस्य वा नजिकका नातेदार परीक्षामा सहभागी हुनेभए प्राज्ञिक नैतिकताको आधारमा पहिल्यै जानकारी गराएर आफू संलग्न नहुनुपर्ने विज्ञहरु बताउँछन्। 

विश्वविद्यालयका एक पदाधीकारीले अहिलेसम्मन भएको काम भएको भन्दै टिप्पणी गरे। विश्वविद्यालयको पशु विज्ञान , पशु चिकित्सा र मत्स्य विज्ञान संकायले भर्ना प्रकृया रोकेको छ। प्रवेश परिक्षामा नाम निकालेका विद्यार्थीलाई बिहीबार भर्ना गर्ने मिति तोकिएको थियो। डीन प्रा.डा. शारदा थपलियाले अर्को सूचना जारी नभएसम्म स्थगत गरेको जानकारी दिइन्। मेरिट लिष्टको आधारमा नाम निकालेको दावी डीन कार्यालयको छ । फोन सम्पर्क गर्दा उनले मोबाइल उठेन।

प्रश्नपत्र छनौट गर्दा विषय र विशेषज्ञबाट मागेर त्यसैबाट छनौट गर्ने प्रचलन छ। यसपटक त्यसो नगरिएको प्राध्यापक बताउँछन्।प्रवेश परीक्षाजस्तो संवेदनशील काममा लापरवाही गरिएको भन्दै नेपाल विद्यार्थी संघ,नेपाल भेटेरेनरी विद्यार्थी संघले पनि विरोध गरेका छन्।

नेपाल प्रगतीशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संयुक्त विज्ञप्ती जारी ध्यानाकर्षण गर्दै निश्पक्ष छानविनको माग गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.