ब्राजिलमा बाँध भत्किँदा २०० बेपत्ता, ७ जनाको मृत्यु भएकाे पुष्टि

ब्राजिलमा बाँध भत्किँदा २०० बेपत्ता, ७ जनाको मृत्यु भएकाे पुष्टि

ब्राजिल : ब्राजिलको दक्षिण पूर्वी क्षेत्रस्थित बाँध भत्किँदा त्यहाँ कार्यरत २ सय कामदार हराइरहेका छन् । ७ जनाको भने मृत्यु भएको पुष्टि भएको छ ।

हराइरहेका सबैजसो कामदारहरु पुरिएको विश्वास गरिएको छ । घटनानास्थलमा अहिले हेलिकप्टरले खोजी कार्य जारी राखेको छ ।

मिनास गेराइस राज्यको ब्रुनादिनो सहरमा यस्तो घटना भएको हो । ब्राजिलकै सबैभन्दा ठूलो ‘माइन कम्पनी’ले निर्माण कार्य गरिरहेको ठाउँमा यस्तो घटना भएको हो । कामदारहरु खाजा खाने समयमा अचानक बाँध भत्किएपछि जमिनको ठूलो क्षेत्रफल भासिएको छ ।

ब्राजिलमा यसअघि सन् २०१५ मा मिनास गेराइसमै बाँध भत्किएर ठूलो क्षति भएको थियो । अहिले भने शुक्रबार स्थानीय समय अनुसार १ बजे दिउसो यस्तो घटना भएको हो । घटनास्थलमा अहिले ठूलो बाढी नै गएको छ । हिलोबाटै पुरिएका मानिसहरुलाई हेलिकप्टरले उद्धार प्रयास गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.