चार वर्षपछि बारपाकमा हिमपात (फोटो फिचर)
गोरखा : गोरखाको बारपाक गाउँमा चार वर्षपछि हिउँ परेको छ। करिब १९०० मिटर उचाइमा रहेको बारपाक गाउँमा सोमबार दिउँसोदेखि हिउँ परेको स्थानीय पूर्णिमा घलेले जानकारी दिइन्। यसअघि डाँडामा मात्र पर्ने गरेको हिउँ चार वर्षपछि गाउँमै परेको उनले बताए।
बारपाकको मम्चेडाँडाको उचाई १९६० मिटर रहेको छ भने बारपाक गाउँको उचाई १८६० मिटर रहेको छ। सोमबार दिनभरी परेको पानीसँगै हिउँ परेको हो। हिउँ परेपछि जनजीवन प्रभावित भएको छ। विशेषगरी टहरोमा बसेका भूकम्प पीडितलाई सकस भएको आसबहादुर घलेले बताए।
प्रधानमन्त्रीले प्रतिवद्धता गरेअनुसार बारपाकसम्मको बाटो कालोपत्रे भएको भए बारपाकमा हिउँ खेल्ने आन्तरिक पर्यटकको घूइँचो लाग्ने भन्दै उनले सडक पक्की बनाउनु पर्ने माग गरे।



प्रतिक्रिया दिनुहोस !