गोरखाको धार्चेमा तातोपानी मेला सुरु
गोरखा : गोरखाको दुर्गममा रहेको धार्चे ३ तातोपानीमा तातेपानी मेला २०७५ सुरु भएको छ। गण्डकी प्रदेशका कृषि सहकारी मन्त्री लेखबहादुर थापाले मेलाको उद्घाटन गरे। मेलाको अवसरमा भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ।
मेलामा साना र ठूला जनावरको रौंबाट निर्मित बख्खु, निगालोको डोको, डालो, थुन्से, भकारी, मान्द्रो, उनका स्वीटर, झोला लगायतका हस्तकलाका सामग्री बिक्रीमा राखिएका छन् ।
त्यस्तै तरुल, वन तरुल, मह, भीरमौरीको मह, काउली, मुलालगायतका कृषि उत्पादन, स्थानीय जातका खसीबोका, भेँडा लगायतका पशुचौपाया पनि बिक्रीका लागि राखिएको मेला माघ १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।