राष्ट्रिय सभामा चिकित्सा शिक्षासहित पाँच विधेयक पेश हुँदै
काठमाडौँ : राष्ट्रिय सभा बैठकमा पाँचवटा विधेयक पेश हुने भएका छन् । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक-२०७५ पारित गर्ने तयारी सरकारले गरेको छ । त्यससँगै अन्य चारवटा विधेयक पनि पेस गरिने भएको छ ।
संघीय संसद सचिवलायले दिएको जाननकारी अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फर्छ्यौट बिधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने भएका छन् ।
त्यसैगरी आजैको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय सभाको आजैको बैठकमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विज्ञापन (नियमन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्दैछन् ।
त्यसैगरी बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकमाथि संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव गर्ने संसद् सचिवाले जनाएको छ।
यसअघिको बैठकमा पनि अवरोध गरेको कांग्रेसले आजको बैठकमा पनि अवरोध तयारी गरेको छ। कांग्रेस संसदीय दलले चिकित्सा शिक्षा विधेयकको विरोध तथा अनशनरत प्रा.डा. गोविन्द केसीको जीवरक्षाको माग गर्दै आजैको प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।
यस्तो छ कार्यसूची