आग्लो प्रहारबाट संखुवासभामा एकको मृत्यु
खाँदबारी : संखुवासभामा ढोकाको आग्लो प्रहार हुँदा हिजो साँझ एक जनाको मृत्यु भएको छ। खाँदबारी–६ पांठामा छिमेकी ५० वर्षीय नरबहादुर भण्डारीले ढोकाको आग्लो प्रहार गर्दा ४७ वर्षीय बमबहादुर न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामेश्वर पण्डितले जानकारी दिए।
मृतक न्यौपानेले मादक पदार्थ सेवन गरी भण्डारीको घरमा ढोका ढकढक्याउँदै होहल्ला गरेपछि भण्डारीले आक्रमण गरेको इन्स्पेक्टर पण्डितले बताए। भण्डारी घरमा एक्लै बस्दै आएका थिए।
मृतकलाई मध्यरातिनै पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। उनल्लाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर पण्डितले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !