छोरी बलात्कार गर्नेलाई ४१ वर्ष कैद

छोरी बलात्कार गर्नेलाई ४१ वर्ष कैद

बेनी : म्याग्दी जिल्ला अदालतले छोरीलाई बलात्कार गरेको अभियोग लागेका एक व्यक्तिलाई दोषी ठहर गर्दै ४१ वर्ष कैद सजायको फैसला गरेको छ। 

जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले मालिका गाउँपालिका ५ देविस्थानका ५३ वर्षीय बलवीर (नाम परिवर्तन) लाई ४१ वर्ष कैद र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो। 

एक महिनाअघि कसुर ठहर भएकोमा वादी र प्रतिवादी पक्षका वकिलको राय प्रतिवेदन अध्ययनपछि शुक्रबार सजाय र जरिवाना निर्धारण गरिएको अदालतका स्रेस्तेदार खिमप्रसाद बुर्लाकोटीले जानकारी दिए।

‘हाडनाता करणीको जन्मकैद (२५ वर्ष) र बलात्कारको छुट्टै थप १६ वर्ष सजाय तोकिएको हो,’ बुर्लाकोटीले भने ‘एउटै मुद्दाको दुई वटा कैद जोड्दा ४१ वर्ष भुक्तान गर्नुपर्ने भएको हो।’ 

मुलुकी अपराध संहिता २०७४ मा बाबुछोरी बीच हाडनाता करणी भए जन्मकैद (२५ वर्ष) जेल सजाय हुन्छ। बलात्कार भए छुट्टै १६–२० वर्ष कैद सजाय हुने व्यवस्था छ। बलात्कारी बाबुले अदालतमा साविती बयान गरेका थिए। 

२०७५ भदौ ९ गते शनिबार दिउँसो ३ बजे आमा कपडा धुनका लागि खोलामा गएको अवस्थामा आफ्नै घरमा १२ वर्षीया छोरीलाई बलात्कार गरेको पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा भदौ १० गते प्रहरीले बाबुलाई पक्राउ गरेको थियो। 

प्रहरीले भदौ १२ गते अदालतमा उपस्थित गराएर कारबाही प्रक्रिया अघि बढाएको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.