मिस गोरखाको ताज नेहा श्रेष्ठलाई

मिस गोरखाको ताज नेहा श्रेष्ठलाई

गोरखा : मिस गोरखा २०१८ को ताज नेहा श्रेष्ठले पहिरिएकी छिन्। मिस गोरखा सिजन २ को फाइनलमा पुगेका १३ प्रतिस्पर्धीलाई पछि पार्दै गोरखा नगरपालिका- ६ पदेलीकी २२ वर्षीय श्रेष्ठ ताज पहिरिन सफल भएकी हुन्।

शनिबार गोरखकाली चलचित्र मन्दिरमा मिस गोरखाको फाइनल भएको थियो। निर्णायकले सोधेका प्रश्नमा उत्कृष्ट प्रस्तूतिका आधारमा उनी मिस गोरखा हुन सफल भएकी हुन्।उनलाई गत वर्षकी मिस गोरखा इशा शाहले ताज पहिराईन्।

उनले नगद ५० हजारसहित ट्रफी, अवार्ड र आकर्षक पुरस्कार पाएकी छन्। मिस गोरखा श्रेष्ठ हाल द्रब्यशाह बहुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत छन्। प्रतियोगितामा फस्ट रनर अप भएकी बारपाककी किरण घलेले नगद ३० हजार, सेकेण्ड रनर अप भएकी मास्किछापकी प्रीति थापाले नगद २० हजार, थर्ड रनर अप बोर्लाङकी प्रीती गैरेले नगद १० हजार सहित अन्य आकर्षक पुरस्कार पाएका छन् । उनीहरुले निशुल्क एयर होस्टेज तालिम, जापानी भाषा प्रशिक्षण, ब्युटिसियन तालिमलगायतका विभिन्न अबसर पनि पाएका छन्।

प्रतियोगिताको फाइनलमा पुगेका १४ जनालाई नै विभिन्न विधामा पुरस्कृत गरिएको आयोजक सौन्दर्यकला व्यवसायी संघले जनाएको छ। संघकी अध्यक्ष शुकु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, मुख्य निर्णायक चिनु गुरुङ, संघका सल्लाहकार भाईचन्द्र श्रेष्ठ, कोरियोग्राफर सुरज थापा, मुख्य प्रायोजक माउण्ट एभरेष्ट डिपार्टका मिराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.