१४ बलमा २९ रन बनाएर पारस खड्का आउट

१४ बलमा २९ रन बनाएर पारस खड्का आउट

काठमाडौं : टीट्‍वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो खेल जारी छ। चौथो ओभरको रुपमा नेपालका कप्तान पारस खड्का २९ रन बनाएर आउट भएका छन् ।

१४ बल खेलेका पारसले एक छक्का र चार चौकाको मद्दतमा २९ रन बनाएका हुन्। पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भएका थिए ।

पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए। त्यैगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन्। 

शरार्फ ४ बल खेल्दा शून्य रनमै आउट भए भने ज्ञानेन्द्रले ९ बलमा ११ रन बनाए। ऐरी भने ३ बलमा २ रन बनाएर आउट भएका हुन्। 

क्रिजमा विनोद भण्डारी र सन्दीप जोरा छन्। वर्षाका कारण खेल १० ओभरमा झारिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.