दोलखा कांग्रेसले गर्यो सरकारविरुद्ध प्रदर्शन
चरिकोट : सरकारले अधिनायकवाद लाद्ने कार्यशैली सुरु गरेको भन्दै नेपाली कांग्रेस दोलखाले विरोध प्रदर्शन गरेको छ। कांग्रेस केन्द्रीय कमिटीको निर्देशनअनुसार आइतबार दोलखाको सदमुकाम चरिकोटमा विरोध प्रदर्शन गरिएको हो।
कांग्रेस दोलखाले अहिलेको सरकारले विभिन्न कोणबाट आम नागरिकहरुलाई अधिनायक लाद्न खोजेको भन्दै चर्को नाराबाजी सहित प्रदर्शन गरेको छ। सदरमुकाम चरिकोटमा प्रदर्शन गरी विरोधसभाको आयोजना गरेको दोलखा जिल्ला सभापति रुद्र खड्काले जानकारी दिए।
३३ किलो सुनकाण्डका अपराधीलाई कारवाही गर, अन्र्तराष्ट्रिय सम्वन्ध सुधार गर, विमान भ्रष्टाचारीलाई कारवाही गर, नालाएक सरकार मुर्दावाद, निर्मला पन्तलाई न्याय देउ, केपी सरकार मुर्दावाद लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेको सभापति खड्काले जानकारी दिए। सरकारविरुद्ध निकालिएको आन्दोलनमा अधिकांश तरुण दल कार्यकर्ता, नेवि संघका कार्यकर्ता र केही शिक्षकहरुको सहभागिता रहेको थियो।