विधुत सर्ट भएर आगलागी हुँदा करिब ४ लाखको क्षति
राजविराज : विद्युत्त सर्ट भई सप्तरीको महादेबा गाउँपालिका- ५ भगवतपुरमा सोमबार राति आगलागी भएको छ। स्थानीय हिराई मण्डलको फुसको घरमा आगलागी हुँदा उनको तीन लाख ८६ हजार मूल्य बराबरको घर र घरभित्र रहेका अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्रले राति नै आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !