कांग्रेस प्रवक्ता शर्माले सोधे : सबै कुरा आफ्नै हुँदा सरकारलाई काम गर्न के ले रोक्यो ?

कांग्रेस प्रवक्ता शर्माले सोधे : सबै कुरा आफ्नै हुँदा सरकारलाई काम गर्न के ले रोक्यो ?

नारायणगढ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले देखाएको शालिनता र संस्कारलाई प्रतिपक्षी कमजोर भएको नठान्न चेतावनी दिएका छन् ।

प्रजातान्त्रिक मान्यता अनुसार कांग्रेसले शान्तिपूर्ण रुपमा नारा लगाएर गरेको विरोधलाई कमजोर ठानेको भए सरकारका लागि भारी हुने बताए ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको विरोधसभामा बोल्दै नेता शर्माले सबै वातावरण हुँदा पनि काम गर्न नसकेर उल्टै कांग्रेसलाई दोषारोपण गरेको भन्दै आक्रोश पोखे ।

‘संसदमा कांग्रेसले विरोध गर्दा कतिवटा कुर्सी र माइक भाँचियो ?’ प्रवक्ता शर्माले भने ‘नेपाली कांग्रेसले शालिनता प्रस्तुत गर्नुलाई कमजोरी ठाने सरकारलाई भारी हुन्छ ।’

कांग्रेसको संस्कारलाई पेलेर गएको अवस्थामा पनि आफूहरु थप कडा रुपमा प्रस्तुत हुने उनको चेतावनी थियो । साथै जनताको मतको मुल्याङ्कन गरेर काम गर्न उनले सुझाव दिए ।

उनले उत्तर कोरिया जाने टाँगा चढेर स्विट्जरल्याण्ड नपुगिने भन्दै सरकारलाई व्यंग्य समेत गरेका थिए । ‘सबै कुरा हुँदा पनि काम गर्न सरकारलाई के ले रोकेको छ ?’ भन्दै नेता शर्माले सरकारको कार्यशैलीको विरोध गरेका थिए ।

सरकारको कार्यशैलीको विरोधमा नेपाली कांग्रेस चितवनले विरोध प्रदर्शन गरेको छ । भरतपुरको चौविस कोठीबाट सुरु भएको विरोध ¥याली पुल्चोक पुगेर सभामा परिणत भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.