भेनेजुएला प्रकरणमा चिप्लिएको छैन : अध्यक्ष दाहाल

भेनेजुएला प्रकरणमा चिप्लिएको छैन : अध्यक्ष दाहाल

भरतपुर : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएला प्रकरणमा आफूले निकालेको वक्तव्यमा आफू नचिप्लिएको बताए। भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको विरोधमा निकालेको वक्तवक्य सही भएको अडान लिएका छन्।

बिहीबार भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस संगठन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले पार्टी र सरकारले धारणा एउटै भएको दावी गरे।

उनले पार्टीको तर्फबाट आएको वक्तव्य आधिकारिक भएको स्पष्ट पारेका छन्।अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले दाहालको विज्ञप्तिमा शब्द चिप्लिएको टिप्पणी गरेको बेला उनले आफू नचिप्लिएको बताए। 

'पार्टीको सचिवालयले त्यही विज्ञप्ति जारी गरेपछि अब व्यक्तिले के भन्ला भन्ने कुराले अर्थ राख्दैन,' दाहालले भने, 'एउटा सार्वभौम राष्ट्रको राजनैतिक घटनाक्रममा हस्तक्षेप भयो भन्ने हिसाबको वक्तव्य थियो, प्रधानमन्त्रीले के सन्दर्भमा भन्नु भएको हो त्यो थाहा भएन।'

 भेनेजुएलामाथि राजनैतिक हस्तक्षेपको विरोधमा आफ्नो विज्ञप्ति ठीक भएको दाहालले दावी गरे। भेनेजुएलाका राष्ट्रपति निकोलस माडूरो र  त्यहाँको आन्तरिक राजनीतिमा अमेरिका र उसको गठबन्धनले हस्तक्षेप गर्नु गलत भएको बताउँदै दाहालले भने, 'पार्टीको तर्फबाट जे वक्तव्य आयो त्यही नै आधिकारिक र स्वतन्त्र हो।'

त्यस्तै दाहालले नेपालको शान्ति प्रकृयाको विषयमा कुटनीतिक मर्यादाविपरित राजदूतहरुले वक्तव्य दिएको पनि आरोप लगाए । शान्ति प्रकृयाको बाँकी काम अगाडी बढाउन प्रतिपक्षी दलसमेत सहमत भएको अवस्थामा बाह्य मुलुकले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए। उनले फागुन र चैतमा पार्टीको तहगत एकता अभियान चलाउने समेत बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.