सुन तस्करी प्रकरणका ८ जनालाई थुनामै राख्न आदेश

सुन तस्करी प्रकरणका ८ जनालाई थुनामै राख्न आदेश

विराटनगर : सुन तस्करीमा मुछिएका, सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले  थुनामा राख्न आदेश दिएको छ।

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरूले उच्च अदालतमा दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आठ जनालाई थुनामै राख्न बिहीबार आदेश दिएको हो। कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले भुजुङ सहित ८ जनालाई थुनामा राख्न आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायण रेग्मीले जानकारी दिए।

यसअघि सुन मुद्दाका मुख्य आरोपीलाई छाड्ने विवादास्पद आदेश दिने उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित ६ जना न्यायाधीशलार्ई न्यायपरिषद्ले काजमा तानेको थियो।

६ जना न्यायाधीश तानिएपछि बिहीबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ, डाक्टर डेभिट भनिने छिरिङ वाङ्ला घलेलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको हो। जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए भने जेठ २९ गते खत्रीलाई थुनामा राख्ने आदेश दिएका थिए।

अदालतले अबु सलाम खान भनिने शैयाद अकबर र डब्बु भनिने इस्तियाज उद्दिनलाई भने जनही १० लाख धरौटीमा छाड्न आदेश दिएको रजिष्ट्रार रेग्मीले बताए। उच्च अदालत विराटनगरले बालकृष्ण खडका, ठाकुरप्रसाद ढुंगाना, रेवत भन्ने रेवतकुमार आचार्य, विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई धरौटीमा छाड्ने जिल्लाको आदेश पनि सदर गरेको छ। पाँच जनालाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मोरङ प्रहरीमार्फत गत वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर गरेको थियो।

सो मुद्दामा १७ अर्व एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अवैध रुपमा सुन आयात गरिएको दावी गरिएको छ।

जिल्ला अदालतको आदेशपछि थुनामा रहेका भरिया टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, लाक्पा शेर्पा, एलबी भनिने लालबहादुर मगर, सम्बिरप्रसाद तोलाङंगे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा, गोपालकुमार श्रेष्ठ, डीएसपी सञ्जयबहादुर राउत, महावीर गोल्यान, अमरमान डंगोल र विवादास्पद एसएसपी श्यामबहादुर खत्रीको हकमा उच्चबाट पनि थुनामै राख्ने आदेश भएको  छ।

थुनामै राख्ने आदेश भएकाहरु मध्ये एसएसपी श्याम खत्री र डीएसपी सञ्जयबहादुर राउत बाहेक अन्य गोरेका भरिया र सहयोगी हुन्। उच्च अदालतबाट पूर्व डीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल साधारण तारेखमा पुर्पक्ष गर्न पाउने गरी छुटिसकेका छन्। छुटेका प्रहरी अधिकृतले जागिरमा फर्कीसकेका छन्।

गोरेका सहयोगी रामकुमार तिवारी, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन शिलवाल जनही पाँच लाख धरौटीमा छुटेका छन्। राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, आर के भन्ने राजेन्द्रकुमार शाक्य र विनोद पोद्दारलाई उच्चले जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.