बाजुरामा वन्यजन्तुको चोरी सिकारी बढ्यो

बाजुरामा वन्यजन्तुको चोरी सिकारी बढ्यो

बाजुरा :  लगातारको हिमपातसँगै वर्षा भएपछि बाजुरामा चोरी सिकारी बढेको छ। अत्यधिक हिमपातले जिल्लाको उच्च हिमाली क्षेत्रका वन्यजन्तु बेशी झर्न थालेपछि चोरी सिकारी बढेको हो।

चिसोको मौका छोपेर केही स्थानीय चोरी सिकारीतिर सक्रिय भएका छन्।शिकार गर्दा स्थानीयले बन्दुक, पासो र कुकुरको समेत प्रयोग गरी जनावर मार्न थालेको पाइएको प्रहरीले जनाएको छ।

हिमपात भएको समयमा सजिलो हुने भएकाले जिल्लामा चोरी सिकारी बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चोरी सिकारी बढेपछि उक्त क्षेत्रमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय बाजुराले बडिमालिका, बुढीनन्‍दा, दहकोट, मनाकोट र हिमाली गाउँपालिका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ। वन्यजन्तुको सम्भावित बासस्थान र चोरी सिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डीएसपी उद्धवसिंह भाटले बताए। चोरी सिकारी कम गर्न र जोखिममा परेका वन्यजन्तुको उद्धारका लागि प्रहरीले गस्ती बढाएको भाटले बताए।

लेकाली भेगमा हिमपातसँगै चिसो बढेपछि जंगली जनावर र पंक्षीको चोरी शिकार तीव्ररुपमा हुन थालेको छ। हिउँमा फसेका मृगलगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपात पछि हिमाली क्षेत्रका बासिन्दा हुल बाँधेर शिकार खेल्न जाने गरेका छन्।

धेरैजसो स्थानीयले बन्दुक, भाला, हँसिया, लाठीलगायत घरेलु हतियार र सिकारी कुकुरसहित प्रयोग गरी रतुवा, घोरल, झारल, थारल, बंदेललगायत जंगली जनावर र डांफे, कालिज,पीउरालगायत पंक्षीको समुहमा शिकार गर्ने गरेका छन्। 

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डीएसपी उद्धबसिं भाटको नेतृत्व बडिमालिका ३ रजालीको जंगलमा गस्ती गर्दै प्रहरी।

जिल्लाका हिमाली भेगमा बाक्लो हिमपातसँगै वन्यजन्तु ओत लाग्न बेशीतिर झर्ने भएकाले सिकारी शिकार खेल्न जाने गरेको बडिमालिका नगरपालिका- ७ का लक्ष्मीराज पाध्यायले बताए।उनले जंगलमा गएर दुलर्भ तथा संरक्षित वन्यजन्तु डाँफे, कालिच, बँदेल, कस्तुरीमृग, घोरल, बाघ, भालुको शिकार गरिँदै आएको बताए।

शिकार खेल्न स्थानीयको समुह एक दुई हप्तासम्म जंगलमा बस्ने गरेका छन्। कसैले कुकुरको प्रयोग गरेर मृग मार्न थालेका छन्। बाजुराको सदरमुकाम मार्तडीमा प्रति किलो डाँफे र मुनालको मासु १५ सयदेखि २ हजार, कालिजको १ हजारभन्दा बढी मुल्यमा बिक्री हुने गरेको छ। त्यस्तै बँदेल, घोरलको प्रति किलो ५ सयमा, कस्तुरी मृगको मासु प्रति किलो १ हजारमा बिक्री हुने गरेको मार्तडीमा मृगको मासु बेच्दै आएका एकजना सिकारीले बताए। उनले अन्य समयमा भन्दा चिसोमा जंगली वन्यजन्तुको मासु बढी बिक्री हुने र मुल्य पनि बढी पाइने बताए।

सदरमुकाममा वन्यजन्तुको मासु ठेकेदार कार्यालयका कर्मचारी र व्यापारीले किन्ने गरेको उनले बताए। बाघको छाला र भालुको पित्त भने चीन, तिब्बत र भारतमा बिक्री हुने गरेको पाइएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी तथा वन्य जन्तुको शिकार गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि १ लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.