वर्षाले दुई दिनपछाडि धकेलियो डीपीएल

वर्षाले  दुई दिनपछाडि धकेलियो डीपीएल

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ । धनगढीमा एक कार्यक्रम आयोजना गर्दै सहभागी टोलीका खेलाडीसहित आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र डीपीएलका सद्भावना दूत जोन्टी रोड्सले ट्रफी सार्वजनिक गरेका हुन् ।

जोन्टी रोड्स दक्षिण अफ्रिकाका पूर्वखेलाडी तथा प्रशिक्षक हुन् । डीपीएलमा उनी मुख्य आकर्षण रहनेछन् । यसपटक पुरस्कार राशि पनि गत वर्षभन्दा बढाएर ३० लाख रुपैयाँ कायम गरिएको छ ।

डीपीएलको तेस्रो संस्करणमा उत्कृष्ट खेलाडीलाई दिइने गोल्ड स्टार सुनको जुत्ता पनि सार्वजनिक गरिएको छ ।

डीपीएलको तेस्रो संस्करणमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन, विराटनगर किङ्स र रूपन्देही च्यालेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता दुई दिन पर सर्‍यो

प्रतिकूल मौसमका कारण मैदान हिलाम्य भएपछि शनिबारबाट सुरु हुने भनिएको धनगढी प्रिमियर लिग दुई दिनपछाडि धकेलिएको छ । सुदूरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुनी हावाले यस क्षेत्रमा दुई दिनदेखि वर्षा भइरहेको छ । बिहीबार राति भएको वर्षाले फाप्ला क्रिकेट मैदान हिलाम्य भएपछि प्रतियोगिता दुई दिनपछाडि सारिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अब सोमबारबाट मात्रै सुरु हुनेछ । सोमबार हुने पहिलो खेलमा काठमाडौं गोल्डेन र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुनेछ ।

यसअघिका दुई संस्करण संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको थियो । तेस्रो संस्करणका लागि फाप्ला क्रिकेट मैदान तयार पारिएको छ । मोहना नदीको किनारमा रहेको जग्गामा बनाइएको फाप्लामा गत वर्ष मात्रै माटो भरिएकाले पानी परेपछि हिलाम्य भएको हो ।

हिलाम्य मैदानमा क्रिकेट खेलाउन समस्या देखिएकाले प्रतियोगिता दुई दिन पर सारिएको हो । सबै खेलको प्रत्यक्ष प्रसारण एपीवान टेलिभिजनले गर्नेछ ।

अत्तरियाको जर्सी सार्वजनिक

डीपीएलको स्थानीय टोली सीवाईसी अत्तरियाले जर्सी सार्वजनिक गरेको छ । धनगढीमा एक कार्यक्रम आयोजना गर्दै विदेशी प्रशिक्षक रायन मारुन र डीपीएलका सदभावना दूत जोन्टी रोड्सको उपस्थितिमा अत्तरियाले जर्सी सार्वजनिक गरेको हो । कार्यक्रममा अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगिताका लागि टोली तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.