नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लव हो : गगन थापा

नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लव हो : गगन थापा

गोरखा : नेपाली काङ्ग्रेसका नेता गगन थापाले वर्तमान नेपालको मन्त्रीमण्डललाई भ्रष्टहरुको क्लवकाे भनेका छन्। नेपाली काङ्ग्रेस गोरखाले आयोजना गरेको चौथो सुशील स्मृति दिवस समारोहमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्ट नै भ्रष्ट रहेको भन्दै मन्त्रीमण्डल नै भ्रष्टहरुको क्लव भएको आरोप लगाए।

‘प्रधानमन्त्री बिहानदेखि बेलुकासम्म एउटा कुरा दोहोर्‍याएको दोहोर्‍यायै गरिरहनुहुन्छ म भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर एउटा वाक्य बोलिरहनुहुन्छ,’ थापाले भने, ‘तर उहाँको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्टहरु नै भ्रष्टहरु छन्।’

मन्त्रीमण्डललाई भ्रष्टहरुको क्लब भएको बताउँदै उनले भने, ‘यो मन्त्रीमण्डल नै भ्रष्टहरुको क्लव हो। कुन चाहिँ मन्त्रालय चोखो छ ? वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार, बूढीगण्डकीमा भ्रष्टाचार, मान्छे बाहिर पठाउँदा भ्रष्टाचार, मान्छे भित्र्याउँदा भ्रष्टाचार भएको छ।’

भ्रष्टचारीलाई प्रधानमन्त्रीले नै ढाकछोप समेत गरेको आरोप उनले लगाए। ‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने ? मैले भन्देको छु प्रधानमन्त्रीलाई अबदेखि तपाई‌ ऐना नहेर्नोस् भनेर।’ 

व्यक्ति लागेर नभइ सिंगै पार्टी नै लागेर संस्थागत भ्रष्टाचार गरेकोे उनले लगए। ‘माफिया, दलाल, तस्करलाई संरक्षण दिँदै अहिलेसम्म नभएको ठूलो भ्रष्टाचार यो एकवर्षभित्र भएको छ’, नेता थापाले भने, ‘भ्रष्टाचारको दलदलमा देश टाट पल्टन लागिसक्यो तर प्रधानमन्त्री संसदमा आएर ढाँटेको ढाँटै गरिरहनुहुन्छ। एकपछि अर्को झुट, एकपछि अर्को झुट। कति सहने नेपाली जनताले ?’ यस्तो अवस्थामा लगानी सम्मेलनको नौटंकी गर्न लागेको भन्दै उनले विश्वास गुमाएको देशमा धोक्रोमा पैसा बोकेर कोही नआउने टिप्पणी गरे।

वर्तमान प्रधानमन्त्री राणा कालीन प्रधानमन्त्रीभन्दा पनि अहिलेसम्मकै अभूतपूर्व शक्तिशाली र सुरक्षित भएको तर काम गर्न नसकेको भन्दै सांसद थापाले आलोचना गरे। 

शक्तिशाली बहुमतमा रहेर पनि काम गर्न नसकेको देख्दा यो वाम एकता नभएको भन्दै उनले लोभी र कायरहरुको मेलको संज्ञा दिए। ‘अहिले हाम्रो नेकपा, आदर्शसहित, सिद्धान्तसहित एक भएको भनेर जति होहल्ला गरे पनि आदर्श र सिद्धान्तसहित एक भएको होइन। यो त केपी वली जस्ता लोभी र प्रचण्डजस्ता कायरहरुको एकता मात्र हो’, नेता थापाले भने, ‘स्थानीय निर्वाचनपछाडि केपी वलीलाई लाग्यो, मैले प्रचण्डसित तालमेल गरिनँ भने बहुमत ल्याउन केही सीप लाग्दैन। उता प्रचण्डलाई लाग्यो, मैले काङ्ग्रेस वा एमालेसँग तालमेल गरिनँ भने मेरै जमानत जफत हुनेवाला छ। त्यसैले प्रचण्डसित हात मिलाउँदा रगत लत्पतिन्छ भन्दै पन्छिने केपी र प्रचण्डको एकता भनेको लोभी र कायरको मेल हो। सिद्धान्त, आदर्श केही पनि होइन।’ सिद्धान्त र आदर्श नमिलेको प्रमाण अहिले भेनेजुयला विज्ञप्ति काण्डमा मच्चिरहेको उनले तर्क गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.