मिलेमतोमा ठेक्‍का बाँडफाँट

मिलेमतोमा ठेक्‍का बाँडफाँट

बाजुरा : जिल्लामा नियम विपरित योजनाका ठेक्‍का आह्वान गरी मिलेमतोमा ठेक्‍का बाँडफाँट हुने गरेको खुलासा भएको छ। गएको पौष महिनाको २२ गते बुढीनन्दा नगरपालिकाले ५५ लाख रुपैयाँको नन्देश्वरी हुँदै साउनेगाउँसम्मको सडक निमार्णको ठेक्‍का आह्वान गर्‍यो। ५९ जनाले ठेक्‍का फारम लिएर टेन्डर हाले।अन्त्यमा सबै ठेकेदार मिलेर १५ प्रतिशत रकम बाँड्ने गरी एकजनालाई मात्र कामको जिम्मा लगाए।

फेरि पौष २७ गते बेलडाँडा काफकोट कुरु सडक आयोजनाका लागि ६५ लाख ६० हजार रुपैयाँको बोलपत्र आह्वान गरियो। उक्त योजनाका लागि बुढिनन्दा नगरपालिकाले ५६ वटा फारमहरु बिक्री गरेको थियो। ठेक्‍का खोल्ने समयमा नगरपालिकाले ४ वटा मात्र सार्वजनिक गरेको देखायो।

नगरपालिकाले ४ वटै फारमलाई मूल्याङकनका लागि पनि पठायो तर बाहिर बजारमा भने ठेकेदारको हिसाब किताब पैसामा भइरहेको छ। बोलपत्र आह्वान गरेको उक्त योजनाका लागि ठेकेदारबीच पैसा बाँडफाँड गरी योजना बाडँफाँट हुने गरेको पाइएको हो।

नगरपालिकाले चार फर्मका ठेकेदारमध्ये एकजनालाई ठेक्‍का दिने र ठेक्‍का पाउने ठेकेदारबाट अरु ठेकेदारले पनि केही प्रतिशत रकम बाँडेर खाने गरेको खुलासा भएको छ। नियम तह बोलपत्र आह्वान गरिएकामध्ये घटी घटाउका आधारमा सबैभन्दा कम रुपैयाँमा निमार्ण गर्नेले ठेक्‍का पाउनुपर्ने हो । तर नगरपालिकामा भने त्यसो नभएको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय नहकुल जोशीले बताए। 

यस्तो प्रक्रियाले नगरपालिकालाई घाटा लाग्ने मात्र नभएर यो प्रचलन राम्रो नहुने तर्क नगरपालिकका उपप्रमुख सृष्टि रेग्मीको छ। नगरपालिकाको योजना अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख रेग्मीले अब नगरपालिकाले ठेक्‍का प्रणालीलाई इ- विडिङ नगर्दासम्म यस्तो प्रचलनमा सुधार नहुने बताइन्।

नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले पहिलो पटक भएकाले यो सिकाइ भएको र आगामी दिनमा नगरपालिका इ-ठेक्‍का प्रणालीमा जाने बताए। कानुन तह मिलोमतो गरेर ठेक्‍का भाग लगाउनु गलत भए पनि बाहिर ठेकेदारले के गरे भन्ने कुरा आफूलाई थाहा नहुने सूचना अधिकारीको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.