महासंघ झापाको कार्यालयमा तालाबन्दी

महासंघ झापाको कार्यालयमा तालाबन्दी

बिर्तामोड : नेपाल पत्रकार महासंघ झापा शाखाले विधान विपरित ५३ सदस्यलाई सदस्यता नविकरण गर्न रोक लगाएपछि दुई संगठनले कार्यालयमा तालाबन्दी गरेका छन्।

केही दिनअघि महासंघका झापा अध्यक्ष तारामणि सापकोटाले आफू संयोजक रहेको समिति गठन गरी संघका ५३ सदस्यलाई निस्क्रिय रहेको आरोप लगाउँदै सदस्यता नविकरण गर्न रोक लगाउने निर्णय गरेका थिए। 

महासंघ विधानले ०७५ चैत्र समान्त भित्रमा सदस्यता नविकरण गर्ने व्यवस्था गरेको भएपनि सक्रिय पत्रकारलाई पनि बिना छानविन र सहमति नगरी एकलौटीरुपमा यस्तो रोक लगाएको थियो।

यस विषयमा आपत्ति जनाउँदै प्रेस चौतारी र फोनिज झापाले प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यालयमा तालाबन्दी गरेको हो। विज्ञप्तिमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल र फोनिजका अध्यक्ष विशाल नेम्वाङले हस्ताक्षर गरेका छन्। उनीहरुले सो गलत निर्णय फागुन १ गते बिहान ९ बजेसम्ममा सच्याउन माग गरेका छन्।

महासंघको यो गलत निर्णय सच्याउन माग गर्दे प्रेस युनियन झापाले पनि ज्ञापनपत्र दिएको छ। युनियनले पनि सो निर्णय सच्याएर फागुन ३ गते हुने भनिएको साधारणसभामा सबैलाई भाग लिने अवस्था सिर्जना गर्न माग गरेको युनियनकी झापा अध्यक्ष इन्दु पूर्वेलीले जानकारी दिइन्। 
   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.