मूर्खतापूर्ण रुपले विद्रोहमा हामफालेका थिएनौँ : प्रचण्ड

मूर्खतापूर्ण रुपले विद्रोहमा हामफालेका थिएनौँ : प्रचण्ड

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे युद्धमा आफुहरु मूर्खतापूर्ण रुपले हाम्म नफालेको बताएका छन्। अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्रीले लेखेको पुस्तक ‘शिखरको ढुंङगा’ विमोचन गदै अध्यक्ष दाहालले १० वर्षे युद्धमा सहभागीले अहिले विविध क्षेत्रमा उत्कृष्ट योगदान गरेबाट नै त्यसको पुष्टि भएको बताए।

‘मूर्खतापूर्ण रुपले हामी विद्रोहमा हाम्फालेका थिएनौं, हर चुनौती सामना गछौं भनेर हिँडेका थियौं,’ अध्यक्ष दाहालले भने,‘अहिले पनि नयाँ चुनौती स्वीकार गर्ने गरी हिँडेका छौं।’

दाहालले त्यसवेलाको युद्दामा सहभागी हरेक योद्दा सबैतिर उत्कृष्ट भएको देख्न आफू उदेलित रहेको पनि बताए। ‘धाविका मीरा राईले विश्वमा आफनो उत्कृष्ट प्रर्दशन देखाएकी छिन्। १० जना सिपाही सगरमाथा पुगेर सफल भएर फर्किए, खेल क्षेत्रमा पनि कतिपयले राम्रो गरिरहेका छन्। कलाकारिता, फिल्ममा पनि कतिले उत्कृष्टताको शिखर चुम्दैछन्,’ दाहालले भने, ‘विवेक र क्षमता भएका मान्छे युद्दमा सहभागी थिए भन्ने प्रमाणित पटक–पटक भइरहेको छ।

गत शुक्रवार उनले राजधानीमै आयोजित एक कार्यक्रममा पूरानै अवस्थामा देशलाई लैजान खोज्ने हो भने फेरि अर्को माओवादी जन्मिने बताएका थिए। त्यसैलाई पुष्टि गर्नेगरि मंगलबारको कार्यक्रममा भने दाहालले युद्धमा सहभागी योद्दाहरु क्षमतावान भएको पुष्टि गर्न खोज्दैथिए।

पहिलो कार्यकाल झिलिमिलीमै

दाहालले आफ्नो नेतृत्वको पहिलो सरकार झिलिमिलिमै बितेको बताएका छन्। ‘पहिलो चोटी सरकारमा जादाँ कुनै चमत्कार गर्न सकिन। अनुभव नभएको ठाउँमा उत्पात गर्न सकिएन। पहिलो कार्यकाल झिलिमिलीमै गयो। काहा आइयो, आइयो राम्रो(नराम्रो भन्नेमै बित्यो। ’ दाहालले भने।

उनले त्यसवेला धेरै गर्ने आकाक्षा आफुमा भएपनि अपेक्षा र अनुभवका वीचमा मेल नहुदा भिलिमिलमै वितेको वताएका थिए। तर उनले दोश्रो चोटीको कार्यकाल भने सचेत र योजनावद्ध रुपमा अगाडी वढेकोले झिलिमिलीमा नवितेको बताए।

‘निरन्तरतामा क्रमभंगता मेरो रुची हो। निर्वाचन र संविधान बनेपछि फेरि नयाँ क्रम भंग शुरु भएको छ, अबको यात्रा समाजवादको हो,' उनले भने । दाहालले अबको दशक समाजवादको आधार निर्माणको दशक हुने बताए। उनले झण्डै ३ करोड जनसंख्या रहेको नेपाल अहिले ३ अरबको केन्द्र बनिरहेको पनि बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.