पहिरोले लग्यो अनुदानको घर

पहिरोले लग्यो अनुदानको घर

गोरखा : धार्चे–७ खानीगाउँका बासिन्दाको घर भूकम्पले भत्काएपछि लाभग्राहीले पाउने निजी आवास पुनर्निर्माणको ३ लाख रुपैयाँ लिएर घर बनाए। तर, साउनमा भीषण पहिरो आयो र २० घर बगाइदियो। जोङकङदेखि झरेको पहिरो गाउँको बीच भाग भएरै बग्यो। निरन्तरको कम्पन र पहिरोको त्रासले त्यहाँका ९० घरधुरीको उठिबास लाग्यो। उनीहरू आसपासको भीरपाखामा गएर बसे। त्रास कम हुँदै गएपछि पुरानै थातथलोमा फर्के।

उनीहरू फेरि भागेर सुरक्षित ठाउँ खोज्दै गए। ‘राङ्तमा ११ घर छन्, प्ल्याङचेतमा नौ घर छन्’, स्थानीय सचिन गुरुङले भने, ‘कोही टहरो बनाएर बसेका छन्, कोहीले जस्ताको छानो हालिसकेका छन्।’ सरकारले दिएको ३ लाखले नपुगेर ३÷४ लाख रुपैयाँ थपेर घर बनाएका गाउँलेलाई फेरि अर्को घर बनाउनुपर्दा झन् समस्या थपिएको उनले बताए।

साउन अन्तिम साता पहिरोले घर बगाएपछि स्थानीय पुनराम गुरुङ, चित्रबहादुर, माहिला, सचिन, सेते, बिमाया, जिते, बिसबहादुर गुरुङ, बुधमान गुरुङ, उत्पाल, आशबहादुर, कान्छा, पेल्सिङ, मनताल, शेरमान, कान्छा, सुकपाल, चन्द्रमान, वनघरे र बिस्नी गुरुङ विस्थापित भएको सचिन गुरुङले बताए।

उनीहरूलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर राख्न जरुरी रहेको वडाध्यक्ष सूर्यमान गुरुङको सुझाव छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.