‘जनयुद्ध दिवस’मा प्रचण्डले भने : कम्युनिष्टका लागि यो भन्दा ठूलो प्रयोग के हुन सक्छ ?

‘जनयुद्ध दिवस’मा प्रचण्डले भने : कम्युनिष्टका लागि यो भन्दा ठूलो प्रयोग के हुन सक्छ ?

काठमाडाैं : नेकपाले आज फागुन १ गते तत्कालिन माओवादीले सुरु गरेको ‘जनयुद्ध’को सम्झना गर्दै औपचारिक रुपमा जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रम आयोजना गर्दै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदलाई सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमलाई सम्बोधन गरे ।

अध्यक्ष दाहालले आफ्नो मन्तव्यको अधिकांश समय आफूहरुले नेपालमा विश्व कम्युनिष्ट इतिहासमै नयाँ प्रयोग गरेको विषयमा जोड दिएका थिए । जुन संसारका लागि पाठ भएको पनि उनको दावी थियो । खासगरी तत्कालिन माओवादी र एमालेको एकता नयाँ र अरुले सोचे भन्दा पृथक प्रयोग भएको उनको ब्याख्या थियो । प्रचण्डले यसलाई बैचारिक र भावनात्मक एकता भएको पनि बताए ।

आफूहरुले सुरु गरेको जनयुद्धले भावनात्मक रुपमा एकता गर्ने भुमिका खेलेको पनि उनको धारणा थियो । साथै आज फागुन १ गते देशभरी जनयुद्ध दिवस मनाइएको भन्दै उनले यो दुबै अध्यक्षको निर्णयबाट भएको बताए । प्रचण्डले नेपालमा पछौटेपनको संस्कृति भनिए पनि राजनीतिक दृष्टिले आफूहरुले गरेको काम संसारले ध्यानपूर्वक हेर्नैपर्ने भन्दै दोहोर्याएका थिए । ‘नेपालमा के भइराखेको छ ? के हुँदैछ ? भन्ने कुरा आँखा खोलेर संसारले हेर्नुपर्ने अवस्था सृजना गरेका हौँ हामीले । यो हाम्रो गौरव हो,’ अध्यक्ष प्रचण्डले भने ।

चुनावी गठबन्धन गर्दा नै धेरैलाई अकल्पनिय लागेको कुरालाई उनले अन्य शक्तिले सोचे भन्दा भिन्न किसिमले पार्टी एकता गराएको कुरा बाहिरी संसारका लागि नयाँ पाठ भएको बताएका थिए । जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता, सेना समायोजन जस्ता कुरा पनि नेपालमा नयाँ प्रयोग भएको उनको धारणा थियो । साथै आन्दोलनको उपलब्धिलाई संविधान निर्माण र तीनै तहका सरकार निर्माणको तहसम्म आइपुग्नु नयाँ प्रयोग भएको उनको भनाइ थियो ।

प्रचण्डले अघि भने, ‘यो कुरा संसारलाई नै आश्चर्य पार्ने खालको हो । अझै दुईतिहाईको लोकप्रिय जनमत ! कम्युनिष्टको लागि योभन्दा ठूलो प्रयोग के हुन सक्छ ?’
यसले आफूहरुलाई गौरवान्वित बनाएको भन्दै कसैलाई पत्याउनै गाह्रो काम आफूहरुले प्रयोग गरेको उनको दावी थियो । ‘के भयो कसरी भयो भन्ने मान्छेलाई लाग्यो । एकथरीलाई यसलाई कुनै तरिकाले भत्काउनुपर्छ भन्ने लागेको छ । कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेको बेला नेपालमा सशक्त तरिकाले लोकतान्त्रिक तरिकाले अघि बढेको छ,’ उनले भनेका छन् ।

अन्य कम्युनिष्ट समुहलाई अपिल
प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन बैद्य किरण लगायत नेताहरुले नेतृत्व गरिरहेका कम्युनिष्ट शक्तिहरुलाई लक्षित गर्दै आफूहरुसँग् समाहित हुन आग्रह गरेका थिए । उनले सबै कम्युनिष्ट मिलेर मात्रै समृद्धि र समाजवादको यात्रामा अघि बढ्नसक्ने भन्दै सँगै मिल्न पनि अपिल गरे । प्रतिक्रियावादी शक्तिहरु विरुद्धमा लागेको बेला समाजवाद तथा सहिदका सपना पूरा गर्न आफूहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘हिजो जनयुद्धमा सहभागी भएका सबै समूहका साथीलाई सबै भ्रम छोडेर एकचोटी नेपाललाई महान बनाउने काममा, योद्धाको सपना साकार पार्ने उद्देश्यमा आउन आग्रह गर्दछु ।’

कम्युनिष्टहरुको काँधमा सबैभन्दा ठूलो जिम्मेवारी रहेकाले यही बाटोबाटै समाजवादमा अघि बढ्न सक्ने बताएका थिए । लोकतान्त्रिक पद्धत्तिबाटै सहिदको सपना सजिलै पूरा गर्न सक्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.