नेकपाको ‘जनयुद्ध दिवस’ : आफ्नै घरमा बिहे हुँदा घरबेटी छैनन् घरमा !

नेकपाको ‘जनयुद्ध दिवस’ : आफ्नै घरमा बिहे हुँदा घरबेटी छैनन् घरमा !

काठमाडौं : प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टी नेकपाले आज आफ्नै पार्टी कार्यालय धुम्बाराहीमा भव्य रुपमा ‘जनयुद्ध दिवस’ मनाइरहेको छ । तर उनी स्वयं कार्यक्रममा उपस्थित छैनन् ।

ओलीसँगै उनकै क्याबिनेटका उपप्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली लगायत थुप्रै तत्कालिन एमाले नेताहरु आफ्नै पार्टी कार्यालयमा भएको भव्य कार्यक्रममा देखिएनन् ।

नेकपा इतिहासमै यो सम्भवतः पहिलो त्यस्तो कार्यक्रम हो, जहाँ पार्टीकै शिर्ष नेताहरु उपस्थित भएनन् । धुम्बाराहीमा भव्य कार्यक्रम भइरहँदा पार्टीकै जिम्मेवार नेताहरुलाई जानकारी नभए झैँ सिंहदरबारमा व्यस्त हुनु अनौठो नै हो । अवस्था यस्तो देखिएको छ कि, घरमा धुमधाम विवाह समारोह भइरहँदा घरबेटी नै घरमा छैनन् !

त्यसो त पार्टी एकताको बेला तत्कालिन माओवादी कार्यकर्ताहरुले ‘एमाले हावी भएको’ भन्दै भंग गरेको राष्ट्रिय सभागृहको एकता घोषणा कार्यक्रमकै शृंखला अहिले पुनराबृत्ति भयो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अधिकांश तत्कालिन एमाले नेताहरु उपस्थित नै थिएनन् । अध्यक्ष ओलीसहित माधव नेपाल, झलनाथ नै उपस्थित नहुनुले उनीहरुको असन्तोष लुकाउनै पर्दैन ।

मञ्चमा मुख्य वक्ता थिए प्रचण्ड । उनको एक छेउमा थिए सुभाव नेम्वाङ, अर्को छेउमा विष्णु पौडेल, युवराज ज्ञवाली, अमृत बोहोरा, टोपबहादुर रायमाझी, पम्फा भुसाल लगायत । कार्यक्रममा अधिकांश नेताले पालैपालो सहिदहरुलाई माल्यार्पण गरेर लालसलाम टक्र्याउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा अध्यक्ष सहित थुप्रै नेताको उपस्थिति नहुँदा ‘जनयुद्ध दिवस’ प्रति उनीहरुको प्रष्ट अरुची देखिन्थ्यो ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओली सरकारको एक वर्षको कामको मुल्यांकन तथा व्यवस्थापन लगायत व्यवस्तता रहेकाले कार्यक्रममा आउन सम्भव नभएको जानकारी प्रचण्डले नै गराएका थिए । तै पनि यो कार्यक्रम दुबै अध्यक्षको निर्णयबाट भएको उनको भनाइ थियो ।

‘जनयुद्ध’भन्दा अगाडि जनआन्दोलनका सहिद
नेकपामा ब्यानर विवाद अब नयाँ भएन । यसअघि पनि पटक पटक ब्यानरकै विषयमा नेताहरुबीच विवाद मतभेद् देखिन्थ्यो । जुन अहिले पनि । माओवादीले २०५२ साल फागुन १ गते आजकै दिन ‘जनयुद्ध’ सुरु गरेको उपलक्ष्यमा दिवस मनाउँदैआएको थियो । नेकपा गठनपछि पहिलो औपचारिक दिवस आजै भएको हो ।

खासमा फागुन १ नितान्त रुपमा माओवादी भुमिगत युद्धमा सामेल योद्धाहरुको सम्झनाकै रुपमा मनाउने चलन हो । जुन कार्यक्रमको बारेमा तत्कालिन एमाले नेताहरुले खुलेरै विरोध जनाउँथे । आज त्यही ‘जनयुद्ध दिवस’ ‘डाइभर्ट’ भएर ‘जनआन्दोलन तथा जनयुद्धका सहिद’को सम्झनामा रुपान्तरण भयो । ब्यानरमै ‘जनआन्दनेलनका सहिद’ भनी लेखिएको थियो । यसले ‘जनयुद्ध’को मर्म र उद्देश्य समेट्दैन ।

त्यसो त प्रचण्ड लगायत उनी निकट पूर्व माओवादी नेता तथा कार्यकर्ताको समुहले पेरिसडाँडामा पुगेर आफ्ना सहिदको शालीकमा माल्यार्पण गरेका थिए । जब कि, पूर्व एमाले नेताहरुलाई यो कार्यक्रम सायद थाहै थिएन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.