सन्दीपको टिम मेलबर्न स्टार्स   बिग बासको फाइनलमा

सन्दीपको टिम मेलबर्न स्टार्स   बिग बासको फाइनलमा

काठमाडौं : अस्ट्रेलियाको बिग बास लिग क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी भएको मेलबर्न स्टार्स फाइनलमा पुगेको छ। बिहीबारको खेलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै सन्दीपको टिम फाइनलमा प्रवेश गरेको हो। 

१५४ रनको लक्ष्य पछ्याएको सन्दीपको टिमलेले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। जितका लागि मेलबर्न स्टार्सका कप्तान  ग्लेन म्याक्श्वेलले अविजित ४३ र सेव गोट्चले ३३ रन जोडे। त्यसैगरी पिटर ह्यान्डस्कोम्बले ३५, मार्कुस स्टोइनिस र निक मेडिन्सनले समान १८–१८ रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको हुरिकेन्सले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १५३ रन बनाएको थियो।  हुरिकेन्सका लागि अर्धशतक प्रहार गर्दै बेन म्याकडर्मोटले ५३ रन जोडे भने जर्ज बेलीले ३७ रनको योगदान दिए। 

बिहीबारको खेलमा नेपालका सन्दीपले भने चार ओभर बलिङ गर्दा बिना विकेट ३१ रन दिए। सन्दीपको टिमले मेलबर्न रिनेगेडस र सिड्नी सिक्सर्ससँगको विजेतासँग फाइनल खेल्नेछ। फाइनल खेल फेब्रुअरी  १७ मा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.